Websoft University

शुभकामना आदनप्रदानमा प्रचण्ड र इश्वर पोखरेल आउने


 बिराटनगर कार्तिक ३ गते । रातो तारा डट कम,नेपाल कम्युनिष्ट पार्टी मोरबले दसैं, तिहार, छठ लगायतका
चाडपर्वहरुको अवसरमा कार्तिक ८ गते शुक्रबार विराटनगरमा शुभकामना आदनप्रदान आयोजना गर्नेभएको 
छ । शुभकामना आदनप्रदान कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड र स्कूल विभाग प्रमुख तथा रक्षा मन्त्री इश्वर पोखरेल सहभागी हुने नेकपा मोरब अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिनुभयो ।

पार्टी एकता प्रकृयाका कारण लामो समयदेखि कार्यकर्ताहरु प्रशिक्षित हुन नपाइरहेकोले शुभकामना आदनप्रदानकै सन्दर्भमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने नेकपा मोरबको तयारी छ । चीनका राष्ट्रपति सि जिन फिबको नेपाल भ्रमण पछि देखापरेको राष्ट्रिय अन्तराष्ट्रिय राजनीतिक परिवेशमा आएको फेरबदल आदि विषयमा नेताहरुले प्रशिक्षण दिनुहुने बताइएको छ । 

पार्टी एकतापछि तल्लो तहसम्म बिचारमा एकरुपता कायम गर्न जरुरी रहेकोले कार्यक्रममा वार्ड कमिटीदेखि माथि जिल्लामा रहेका प्रदेश कमिटीसम्मका नेता कार्यकर्ताहरुको सहभागिता रहने बताइएको छ । शुभकामना
आदनप्रदान कार्यक्रममा न्युनतम पाँच हजार कार्यकर्ताहरु सहभागि गराउने तयारी रहेको बताइएको छ ।

कार्यक्रमलाई भब्य बनाउन पार्टी कमिटी, जनवर्गीय संगठनहरु, पेशागत संगठनहरु, युवा विद्यार्थी सबैलाई आवश्यक भूमिकासहित परिचालन गर्ने पार्टीका मोरब जिल्ला सहइन्चार्ज गोपि अछामीले बताउनुभयो । प्रशिक्षणसहितको शुभकामना आदनप्रदान कार्यक्रमको व्यवस्थापन जिल्ला पार्टीले गर्ने छ भने परिचालन बाबुराम कार्कीको संयोजकत्वमा गठित समितिले गर्ने छ । 

सबै तह र क्षेत्रबीच पार्टी सचिव गणेश उप्रेती सुशिलको संयोजकत्वको कार्यालय टिमले
सूचना प्रवाह र निमन्त्रण गर्ने बताइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.