Websoft University

तराईमा छठ पर्वको तयारी सुरु


काठमाण्डौ कार्तिक ६ गते । रातो तारा डट कम,तराईमा निष्ठा पूर्वक मनाइने छठ पर्वको तयारी सुरु भएको छ । छठ आउन अब ११ दिन समय मात्रै बाँकी रहेकोले यसको तयारी अहिलेदेखी नै शुरु भएको छ ।  छठ आउन अब केहि दिन मात्रै समय बाँकी रहेका बेला यसको तयारी व्यापक भइरहेको छ । अहिले रौतहटको ठाउँ ठाउँमा छठ घाटहरुलाई सिंगारिने काम भइरहेको छ । 

यहाँ रहेको विभिन्न पोखरी, नदि, तलाउ, नहर आदिमा छठ पुजाको लागि सजावटको काममा युवाहरु जुटेको देखिन्छ ।  एकातर्फ छठ घाटको सजावटको काम भइरहेको छ भने अर्को तर्फ पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेहरुको बजारहरुमा भिड लाग्न थालेको छ । छठ पुजाको लागि चाहिने फलफुल, बाँसको सामग्रि लगाएतका सामान किन्नेहरुको अहिले बजारहरुमा घुईचो लागेको छ । रौतहटको गैर, गरुडा, कटहरिया लगाएतका बजारहरुमा बाँसबाट र माटोबाट बनेको सामाग्रीहरु जताततै बिक्री भइरहेको छ । 

छठ पर्वमा बाँस तथा माटोबाट बनेको सामानहरु शुद्ध मानिने गरेकोले यसको माग अहिले बजारमा बढेको छ । व्रत बस्ने महिलाहरु माटोबाट बनेको घैँटो, हात्ती त्यस्तै बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपति लगायतको सामान किन्नमा व्यस्त रहेका छन् ।  छठ पर्व कार्तिक १६ गते मनाइदै छ । 

पहिले, पहिले तराई मधेशमा मात्र मनाइने छठ पर्वको लोकप्रियता झन बढेको छ । अहिले यो पर्व विस्तार हुँदै पहाडी समुदायका व्यक्तिहरु समेत मनाउने गर्दछन् । विभिन्न भाकल पुरा गर्न छठ पर्व मनाइने गरिन्छ भने धेरैजनाले अरुलाई देखेर पनि मनाउने गर्दछन् ।  छठ पर्व निकै कठिन पर्व मानिन्छ । चार दिनको यस पर्वमा व्रतालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्दछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.