Websoft University

कार्तिक ९ गते शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम हुने


मदनकृष्ण सिलवाल- काठमाडौँ । रातो तारा डट कम, काठमाडौँ महानगरपालिका वडा नं. ७ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

२०७६ सालको दशैँ, तिहार, नेपाल सम्वत। ११४० एवं छठ लगायत समस्त नेपाली पर्वहरुको उपलक्ष्यमा वडावासीहरुबीच भाइचारा सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ आउँदो कार्तिक ९ गते शनिवारको दिन चावहिल गणेशस्थान चौरमा विहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म आयोजना गर्न लागेको हो ।

कार्यक्रममा वडाबासीहरुको व्यापक सहभागिताको लागि निमन्त्रणापत्र वितरण एवं सामाजिक सञ्जालहरुमा समेत सूचना प्रकाशित गरिएको काठमाडौँ वडा नं। ७ का वडा सदस्य एवं प्रचार संयोजक कृष्णमणि भट्टराईले बताउनुभयो ।
आपसी भाइचारासम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष शुद्धकुमार डंगोलले बताउनुभयो । 

साथै डंगोलले निमन्त्रणपत्र प्राप्त गर्न नसक्नु हुने सम्पूर्ण वडावासीहरुलाई कार्यक्रममा सहभागि हुन अनुरोध गर्नुभएको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.