Websoft University

पत्रकार दियालीको स्वदेश प्रेम भन्छन् : मेरो देशलाई धोका दिने छैन


शिव भट्टराई, सुनसरी । रातो तारा डट कम,पत्रकार सोम दियाली अभिनित स्वदेश गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । एक दशक देखि पत्रकारितामा सक्रिय पत्रकार दियालीले गायक सन्तोष दाहालको “मेरो देशलाई धोका दिने छैन म। बोलको स्वदेश गीतमा अभियन गरेका हुन् । 

रिजुम टिभी यू–ट्यूव च्यानल मार्फत सार्वजनिक म्यूजिक भिडियोमा पत्रकार दियाली सँगै पूर्वका पत्रकार शिव भट्टराई र सुमन भट्टराईले समेत अभियन गरेका छन् । गायक दाहालकै स्वर, शब्द र संगीतमा तयार भएको गीतमा मेचीको कसम, कालीको कसम खाएर मेरो देशलाई धोका दिन्न भन्ने प्रतिवद्धता जाहेर गरिएको छ । 

म्यूजिक भिडयोमा “नेपालका लागि नेपाली” अभियानका अभियन्ता ज्ञानेन्द्र शाही लगायतको अभिनय रहेको छ । महेश सिग्देलको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा उपेन्द्र श्रेष्ठ, जितेन्द्र सरदार, पारस घिमिरे, श्याम चौधरी, सुरेन प्यासी, बाल कलाकारहरुमा प्रयास घिमिरे, सामना सिग्देल, आर्जु सिग्देलको समेत अभियन हेर्न सकिन्छ ।

नेपालको चर्चित रमणीय स्थल धनकुटाको भेडेटार, सुनसरीको चतराधाम क्षेत्र, सुनसरीकै कोशी कटान क्षेत्र लगायतका विभिन्न स्थानमा छायाँकन गरिएको म्यूजिक भिडयोको छायाँकन तथा सम्पादन विजय राईले गर्नु भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.