Websoft University

अन्तरपाटी महिला सन्जाल १ नं प्रदेश को अध्यक्षमा सुसिला घिमिरे चयन

शिव भट्टराई,सुनसरी । रातो तारा डट कम,नेपाल मा बि स २०५९ साल मा  देश का सम्पुर्ण राजनितिक दल बाट महिला प्रतिनिधि को छनोट गरि  गठन भएको अन्तरपाटी महिला सन्जाल ले  देश का ७७ जिल्ला र स्थानिय तह मा आफ्नु समिती गठन गरिसकेको छ। देशमा प्रदेशिक संरचना बने सगै ७ ओटै प्रदेश मा प्रदेश समिती गठन गर्नु पर्ने भएकाले सञ्जालले प्रदेश समिती बिस्तार गर्न थालेको छ। 

प्रदेश कमिटी विस्तार गर्ने क्रममा मोरङको बिराटनगर मा एक कार्यक्रम गरि प्रदेश न १ को समिती घोषणा  गरेको छ ।
कार्यक्रम अन्तरपाटी महिला सन्जाल कि केन्द्रिय अध्यक्ष निलम केसि को अध्यक्षतामा र   यकेन्द्रिय माहासचिब पुस्पा ठाकुर केन्द्रिय कोशाध्यक्ष  कमला पन्त केन्द्रिय सदस्यहरु उमा रेग्मी, यसोदा सुवेदी ,शशी श्रेष्ठ, कल्याणी रिजाल, सहनाज रहमान  को उपस्तिथि मा सप्पन्न भएको थियो। 

ने क पा कि  सुसिला घिमिरेको अध्यक्षता १६ सदस्य प्रदेश समिती गठन गरेको छ। अध्यक्ष मा नेकपा कि सुसिला घिमिरे (सामना) उपाध्यक्षमा राजपा नेपाल कि अनिता मन्ड्ल सचिब मा नेपाली काग्रेस कि लक्की गणेश,कोसाध्यक्षमा समाजबादी नेपाल कि अन्जु खड्का येस्तै  सदस्य हरु मा नेकपा बाट  अम्बिका थापा ,जस्माया गज्मेर, अरुणा देवि राई, होम  कुमारि सावा येस्तै नेपाली काग्रेस बाट रुकम्णी कोइराला, लिला सुब्बा , मिना गुरुङ एक कुमारी बस्नेत यस्तै राजपा नेपाल बाट  आरती झा  सामाजबादी नेपाल बाट आसा राई नेकपा (माले )  बाट पुनमाया पोखरेल राप्रपा ( सयुक्त) बाट   रन्जना थापा चयन भएका छन।

कार्यक्रम मा बोल्दै केन्द्रिय अध्यक्ष निलम केसि ले सम्पुर्ण महिला हरु एक जुट भएर देश बिकासमा लाग्न प्रेरित गर्नुभयो महिला हरु देश का विभिन्न उच्च पद पुगिसकेकाले अब सबै  महिलाहरु  आत्मा निर्भर भएर समाजिक कार्यमा लागे मात्रै सुखी नेपाली र सबृद नेपाल साकार हुने बताउनु भयो ।

अन्तर पाटी महिला सन्जाल ले महिला हरु को सवाल मा  पाटी भन्दा माथी उठेर काम गर्ने र महिला हरु लाई बढी भन्दा बढी राजनितिक मा लाग्न प्रेरित गर्ने र नेतित्व ठाउँ मा उच्च पद मा सहभागीता गराउन साझा सवाल उठाउने काम गर्छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.