Websoft University

महाअष्टमी आज, पशु बलि दिएर बडादशैं मनाइँदै


बिराटनगर असोज १९ गते । रातो तारा डट कम,बडादशैं अन्तर्गत आज महाअष्टमी देशभरका शक्तिपीठ र देवीस्थानहरूमा पुजा गरेर मनाईँदै छ । शक्तिपीठहरुमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ । शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका मन्दिरहरुमा पूजाआराधनासहित आज बलि दिइने परम्परा छ । घर, घरका वा कलकारखानामा रहेका हतियारलाई आज धोई पखाली दुर्गाको रुपमा स्थापना गरि पूजा गर्ने चलन समेत रहेको छ । आजै राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलीसहित कालरात्रि पूजा गरिनेछ । आज काठमाडांै उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई लगायतका मन्दिरहरुमा बलीसहित पूजाआजा गर्नेहरुको बिहानैदेखि भीड  लागेको छ । उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती लगायतका शक्तिपीठहरुमा पनि बलीसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरुको भीड लागेको छ । देशका विभिन्न शक्तिपिठहरुमा अष्टमीका दिन झन्डै १० लाखभन्दा बढी बलि दिने अनुमानित तथ्याङक रहेको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.