Websoft University

कश्मीरको सीमा वारिपारी दैनिक गोलाबारी हुदै,


काठमाण्डौ कार्तिक ५ गते । रातो तारा डट कम,कश्मीरको सीमा वारिपारी गोलाबारी भएपछि भारत र पाकिस्तान बीच आरोप प्रत्यारोप बढेको छ । उनीहरूले एकअर्कालाई गोलाबारी गरेको आरोप लगाएका छन् ।

दुवै पक्षले युद्धविराम भङ्ग गरेको र आफूले प्रतिकार गरेको दाबी गरेको बीबीसीले जनाएको छ । परमाणु अस्त्र भएका दुवै देशले कश्मीरलाई लिएर दुईचोटि युद्ध र एकचोटि कार्गीलमा सिमित सङ्घर्ष गरिसकेका छन् । केहि समय अघि कश्मीरमा गरिएको एउटा आत्मघाती आक्रमणमा ४० जना सैनिक मरेपछि भारतले लडाकुलाई लक्षित गरेको भन्दै पाकिस्तानमा हवाई आक्रमण गरेको हो । 

पाकिस्तानमा आधारित जैशए मोहम्मद समूहले भारतको पुलवामा आफूले आत्मघाती बम विस्फोटन गराएको स्वीकारेको थियो । भारत र पाकिस्तान दुवैले कश्मीर आफ्नो स्वामित्वमा हुनुपर्ने दाबी गर्दै आईरहेका छन् । भारत र पाकिस्तान दुवैले कश्मीर आफ्नो स्वामित्वमा हुनुपर्ने दाबी गर्दै आएका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.