Websoft University

मोहमद आफताबलाइ अइौं ५ दिन थुनामा राख्न आदेश


काठमाण्डौ कार्तिक ३ गते । रातो तारा डट कम,विभिन्न व्यक्तिलाई जलाएर मारेको अभियोगमा १२ वर्षपछि पक्राउ परेका सांसद तथा पूर्वमन्त्री मोहमद आफताब आलमलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले आदेश दिएको छ ।  

आज न्यायाधीश चाणकमणि अर्यालको इजलासले ५ दिन थुनमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । यसअघि अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो ।  आलमलाई प्रहरीले घटना भएको १२ वर्षपछि २६ गते आइतबार रौतहटस्थित  आफताब निवासबाटै पक्राउ गरेको थियो । 

१२ वर्षअघि पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी केहीको घटनास्थलमै मृत्यु भएको थियो ।  विष्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेसँगै आफताबलाइ सांसदको हैसियतमा कुनै पनि अधिकार प्रयोग गर्न पाउने छैनन् ।
हत्याकाण्डबारे जाहेरी दिने शेख रूक्साना खातुनलाई गोली हानेर मारेको आरोप समेत लागेको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.