Websoft University

भारत र पाकिस्तानको मुठभेड हुदै,


काठमाण्डौ कार्तिक ४ गते । रातो तारा डट कम,भारत प्रशासित जम्मू काश्मीरको विशेष स्वायत्तता खारेज भएपछि अशान्त बनेको जम्मू काश्मीर क्षेत्रमा भारत र पाकिस्तान सैन्य मुठभेडमा उत्रिएका छन् ।
भारतीय सेनाको आजको जवाफी कारबाहीमा ५ पाकिस्तानी सेना मारिएको दाबी भारतीय सञ्चारमाध्यमले लेखेका छन् । काश्मीरको ताङ्धर क्षेत्रमा भारतीय सेनाले जवाफी कारबाही गरेको हो ।

भारत प्रशासित काश्मीरको कुपवारा जिल्लामा पाकिस्तानी सेनाले युद्धविराम उल्लंघन गरी २ भारतीय सैनिकको ज्यान लिएको बदलामा कारबाही भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

गत अगष्टमा भारतले संविधानको धारा ३७० खोरज गर्दै जम्मू काश्मीरको विशेष स्वायत्त खोसिएपछि त्यहाँको शान्तिको माहोल बिग्रिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.