Websoft University

नेपाल र थाइल्याण्डबीचको खेल अपराह्न ४ बजेपछि सुरु हुने


काठमाण्डौ कार्तिक ५ गते । रातो तारा डट कम,नेपाली राष्ट्रिय महिला भलिबल टिमले आज तेस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको छ । वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली टिमले आज थाइल्याण्डको २१ वर्ष मुनिको टिमसँग खेल्न लागेको हो । नेपाल र थाइल्याण्डबीचको खेल अपराह्न ४ बजेपछि सुरु हुनेछ । यस अघिका दुई मैत्रीपूर्ण खेलमा नेपालले जित निकालेको थियो । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्डमा रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.