Websoft University

सुमो गाढीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु


उदयपुर, असोज १९ गते । रातो तारा डट कम,उदयपुरको कटारी नगरपालिका -२ गरास स्थितमा सुमो गाढीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । शनिबार साँझ पौने ५ बजेको समयमा ओखलढुङगा बाट धरान तर्फ जादै गरेको को १ ज ३४०० नम्बरकोको सुमो गाढीले बिपरित दिशा बाट आईरहेको ज ५ प ७५५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परेर मोटरसाईकल चालक सिन्धुलीको दुधौली नगरपालिका-९ लदाहभिर बस्ने अंदाजि बर्ष ३४ को रूपेन कुमर गम्भिर घाईते भएकाथिए । 
मिर्चैया अस्पतालमा सामान्य उपचार पश्चात उनलाई थप उपचारको लागी धरान तर्फ लैजाने क्रममा साँझ सवा ७ बजे बाटैमा मृत्यु भएको थियो । ठक्कर दिने बस, बस चालक लाई प्रहरी चौकी बेलसोतको नियन्त्रणमा लिएको छ । बाटो माथीबाट बलेरो खस्दा चालकको मृत्यु ९ जना घाईते सोलुखुम्बु, असोज १९ गते । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-११ बरडाडाँ स्थित भित्रि सडक खण्डमा बाटो माथीबाट बलेरो खस्दा चालकको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन । 

शनिबार राती सवा ११ बजेको समयमा सोलु सल्लेरी बाट नेचा तर्फ जाँदै गरेको बा १५ च ९४२० नम्बरको बलेरो अचानक अनियन्त्रीत भई बाटो माथि बाट तल खस्दा काठमाण्डौ बाट नेचा सल्यान आउदै गरेको ना १ ज ५३४२ नम्बरको सुमो माथि बलेरो खप्टन गई दुर्घटना भएको थियो । 

दुर्घटनामा परेर बलेरो चालक सोलुको नेचा सल्यान गाउँपालिका-२ बस्ने बर्ष अंदाजी २१ को लेख बहादुर खड्काको घटनास्थलमा नै मृत्यु भएको थियो भने सुमो चालक सोही गाउँपालिका- १ बस्ने बर्ष २६ को पासाङकाजि शेर्पा, बर्ष २७ को मोहन बस्नेत निजको श्रीमती बर्ष २८ की रिया बस्नेत, निजको छोरा बर्ष ७ को रियाज बस्नेत, बर्ष २४ की रुषा बस्नेत सोही गाउँपालिका- २ बस्ने बर्ष २५ की रमना राई, बर्ष २६ की गिता बस्नेत निजको छोरा बर्ष ७ को आयुस बस्नेत र जिल्ला रामेछाप रामेछाप नगरपालिका-६ बस्ने बर्ष २४ को गजेन्द्र लामा सामान्य घाईते भएका छन । 

सबै घाइते यात्रुहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भई रहेको छ भने बलेरो चालकका मृतक लेख बहादुर खड्काको कानूनी प्रकृया पुरा गरी शव लाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल फाप्लुमा लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.