Websoft University

गाडीमा तोडफोड गर्ने ७ जना प्रहरी नियन्त्रणमा


काठमाण्डौ कार्तिक ३ गते । रातो तारा डट कम,प्रहरीको गाडीमा तोडफोड गर्ने  ७ जना युवाहरुलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । ना १ झ १३३१ नम्बरको प्रहरीको गाडीमा तोडफेड गर्ने कटहरिया ६ फतेपुरका  सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गौर बाट थुनुवा पु¥याएर फक्र्रिरहेको अवस्थामा फतेपुरगाँउ छेउमा प्रहरीको गाडीमा तोडफोड भएको र तोडफोडमा सम्लग्नलाइ प्रक्राउ गरिएको प्रहरी निरिक्षक चन्द्रकान्त साहले जानकारी दिनुभयो । ढुंगामुढाका कारण केही प्रहरीहरु घाइते भएका छन् भने प्रहरीको गाडीमा क्षति पुगेको छ ।  

तोडफोडको आरोपमा कटहरिया ६ फतेपुरका बर्ष ३० का शुबोध कुमार शहनी, सोही ठाँउका बर्ष ३० का रन्जित शहनी, बिरेन्द्र शहनी, २६ बर्षका उमेश पाश्वान,१९ बर्षका मुना खाँ, १८ बर्षको सकिन्द्र यादव पक्राउ परेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । 

पक्राउभएका सातैजना नियन्त्रणमा  रहेको र घटना बारे अनुसंधान भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाका निमित प्रमुख प्रहरी निरिक्षक रिपेन्द्र शिंहले जानकारी दिनुभयो  ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.