Websoft University

खुल्ला सुर्ती ९८८केजी र सुतीको बोरा बरामत

श्याम राई-गाइघाट कार्तिक ६ गते । रातो तारा डट कम, प्रहरीले बुधबार अवैध सुतीृ र पटका सहित एक महिलालाई पक्राउ गरेको छ ।  

फत्तेपुर देखी गाईघाटतर्फ  आउदै गरेको ना. ३ ख २४ ७७ नम्बरको यात्रु बसमा चेकजाँच गर्ने क्रममा दिउसो ४ वटा खुल्ला सुर्ती ९८८केजी र सुतीको बोरा भित्र लुकाई राखेको १२ बन्डल  १ हजार ६ सय ८० पिस नागीन पटका सहित सप्तरी कन्चनपुर नगरपालीका वडा नं ८ बस्ने रेखा यादवलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । 

पक्राउ गरीएका यादवलाई प्रहरी हिरासतमा राखीएको छ  ।तिहार आउन लागेसँगै  भारत बाट ठूलो परिणममा गाइघाट बजारमा पटका लगाएका अन्य विष्फोटक पदार्थ भित्रने गर्छ ।

प्रहरीले  गाईघाट बजार प्रवेश गर्ने  मुख्य नाका कदमाहा–गाईघाट सडकको लालपत्ता नाकामा चेकजाच कडाई गरेपछि व्यापारीहरुले फत्तेपुर नाका लाई प्रयोग गर्न थालेको प्रहरीले जनाएको छ ।  

‘हामीले विशेष सूचनाको आधारमा पटका र अवैध सुर्ती पक्राउ ग¥यौँ’ एसपी बीर बहादुर मगरले भने ।  ‘व्यापारीहरुले पटका ल्याउने परिवर्तन गरेर नया नाकाबाट ल्याउने गरेको खुल्न आएको छ । उनले भने ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.