Websoft University

लागुऔषध बेचबिखनमा संलग्न मेडिकल संचालक सहीत ३ जना पक्राउ


सुनसरी, कार्तिक ५ गते । रातो तारा डट कम, सुनसरीको ईटहरी उप-महानगरपालिका-११ बाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् भने पक्राउ परेकाहरुले दिएको सूचनाको आधारमा बीर मेडिलकल हलका संचालकलाई समेत पक्राउ गरिएको छ । 

सोमवार राती ७ बजे चेकजाँचमा खटिएको प्रहरी चौकी खनारको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को ३४ प ६२ नम्बरको मोटरसाईकलमा सवार चालक बुढिगंगा गाउँपालिका-७ का २२ बर्षीय राहुल उराव र पछाडी सवार रहेका सुन्दरहरैचा नगरपालिका-३ का २५ बर्षीय सुमन मोक्तानलाई निट्राभेट ८ ट्याब्लेट, ईनपाईन ३ ट्याव्लेट, स्पास्मो ३ ट्याब्लेट सहित पक्राउ गरेको थियो । 

पक्राउ परेकाहरुलाई सोधपुछ गर्ने क्रममा ईटहरी १० मा संचालित बीर नारायण मेडिकल हलबाट खरिद गरी ल्याएको खुल्न आएपछी उक्त मेडिकल हलमा खानतलासी गर्ने क्रममा मेडिकल हलबाट ८५८ ट्याब्लेट लागुऔषध स्पास्मो बरामद भएको थियो । लागुऔषध बरामद भए संगै मेडिकल हल संचालक ईटहरी १० का ३० बर्षीय उमेश चौधरीलाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.