Websoft University

पोखराको पृथ्वीचोकमा नसोचेको दुर्घटना, प्रदर्शनकारी र प्रहरीबीच झडप (भिडियो)



काठमाण्डौ कार्तिक २ गते । रातो तारा डट कम,पोखराको मुख्य चोक पृथ्वीचोक शनिबार बिहान करिब १० बजेपछि तनाव ग्रस्त भयो । पोखरा भित्रने र पोखरा हुँदै बाहिर जाने सवारी साधनहरुले सास्ती खेप्नु पर्यो । जिल्ला ट्रफिक प्रहरी कार्यलय अगाडीको दृश्य देख्दा जो कोही पनि भावबिहोल हुने अवस्था थियो । नजिकै ठूलो ट्रक थियो । ट्रक नजिकै दुई जना भूईमा सुतेका थिए र सायद उनीहरु मृत भईसकेका थिए किनकी उनीहरुको शरिमा ठूलो चोट थियो । हेर्ने सबैलाई थाहा भयो की मोटरसाईकललाई ट्रकले हानेछ । हेर्ने सबैले दुख पोख्दै भन्दै थिए कस्तो आँखा नहेरी चलाएको ? बिचार ज्यान नै गएछ । प्रहरीहरुको बाक्लो उपस्थिती हुँदा पनि दुई जनालाई किन अस्पताल लगेन भनेर सडकमा उभिएका मानिसहरु भन्दै थिए भने अर्को तर्फ मृतकका आफन्तहरु प्रदर्शन गर्दै थिए । प्रहरीले प्रदर्शनकारीमाथी अश्लु ग्याँस पनि प्रहार गर्छ, तितरबितर गर्न खोज्छ । पानीका फोहोरा समेत हान्छ । देख्दा लाग्थ्यो फराकीलो सडक त्यो पनि जिल्ला ट्राफिक कार्यालय अगाडी कसरी यस्तो भयो ? तर त्यो घटना बास्तबिक थिएन । बिपत व्यवस्थापन सप्ताह २०७६ अन्र्तगत सडक दुर्घटना व्यवस्थापन सामुहिक अभ्यास गरिएको हो । काल्पनिक रुपमा गरिएको उक्त कार्यक्रम गण्डकीय प्रदेश आन्तरीक मामिला तथा कानुनी  मन्त्रालयको आयोजना थियो  । पोखराको पृथ्वीचोकमै भएकाले पनि हेर्ने मानिसहरुको उल्लेखनीय उपस्थिती थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.