Websoft University

चितुवाको आक्रमणमा परी एक बालिका घाइते



काठमाडौ कात्तिक ३ गते । रातो तारा डट कम,तनहुँको भानुमा फेरि चितुवाको आक्रमणमा परी एक बालिका घाइते भएकी छिन् । चितुवाको आक्रमणबाट भानु नगरपालिका(२ बजगाइटारकी सोनिया अछामी घाइते भएकी हुन् ।

शनिबार साँझ ६ बजेको समयमा छिमेकीको घरमा चार्ज गरेको मोबाईल लिन जाँदा बालिकालाई एक्कासी चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ । घर भन्दा पछिल्तिर चितुवाको आक्रमणमा परेको थाहा पाई नजिकै रहेका उनका दाइ प्रकाश नेपालीले चितुवासंग सोनिया लाई खोसेर बचाएका थिए । ‘२० मिटर पर लैजाने क्रममा मैले थाहा पाएर खोसेर ल्याएँ’ उनले भने ‘नत्र के हुन्थ्यो मलाई नि थाहा छैन ।’

चितुवाको आक्रमणबाट बालिकाको घाँटीको दुबै तर्फ चोट लागेको प्रहरीले जनाएको छ । उनको लक्ष्मी अस्पताल डुम्रेमा प्राथमिक उपचार गरि थप उपचारको लागि चितवन स्थित चितवन मेडिकल कलेजमा लगिएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका इन्चार्ज दिपेन्द्र श्रेष्ठले बताए ।

तनहु भानुमा एक बर्षको अवधीमा ९ जना बालबालिकालाई आक्रमण गरिसकेकोल छ । ९ जनालाई आक्रमण गरेकोमा ५ जनाको ज्यान गईसकेको छ भने ४ जना घाईते भएका छन् ।  चितुवा आतंकले गर्दा रातको समयमा बाहिर निस्कन गाह्रो भएको स्थानिय हरिमाया घिमिरे बताईन् । बाहिर निस्कनको डरले दिशा पिसाब पनि घर भित्रै गर्नुपर्ने अवस्था आएको उनको भनाई छ ।  पहिले पहिले गाईबस्तुलाई मात्र आक्रमण गर्ने गरेकोमा पछिल्लो समयमा मान्छेलाई नै आक्रमण गर्न थालेपछी बच्चाबच्ची जोगाउनै गाह्रो भएको उनको भनाई छ । 
जिल्ला प्रशासन कार्यालय तनहुँले चितुवा मार्न निर्देशन नै जारी गरेपनि चितुवा जतिखोजे पनि भेट्न नसकिएको र बेला बेलामा बालबालिका माथी आक्रमण गरेको सव डिभिजन कार्यालय भानुका कर्मचारी विर बहादुर आलेले बताए । चितुवा नियन्त्रणको लागि आईतबार मात्रै शनिवार भएको क्षेत्रमा ५ ठाँउमा फुटट्रयाप बनाईएको बताए । भानु नगरपालिकाकै अन्य ठाँउमा चितुवा नियन्त्रणको लागि खोर बनाईएको पनि उनले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.