Websoft University

टी ट्वान्टीको नयाँ वरियतामा नेपाल १४ औं स्थानमा


काठमाण्डौ कार्तिक ५ गते । रातो तारा डट कम,अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी–ट्वान्टी क्रिकेट वरियतामा नेपाल यथावत रहेको छ । आईसीसीले हिजो सार्वजनिक गरेको टी ट्वान्टीको नयाँ वरियतामा नेपाल १४ औं स्थानमा यथावत रहन सफल भएको हो । अघिल्लो वरियतामा पनि नेपाल १४ औं स्थानमा नै रहेको थियो । नयाँ वरियता अनुसार नेपालले १७ खेलबाट १ सय २८ रेटीङ अङ्क पाएको छ । महिलाको टी ट्वान्टी वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा न्युजिल्याण्ड रहेका छन् । यस्तै चौंथो स्थानमा वेष्ट इण्डिज र पाँचौ स्थानमा भारत रहेको छ । महिलाको एकदिवसीय वरियतामा भने नेपाल अटाउन सकेको छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.