Websoft University

टोटेपाखामा सुरुङमार्गको शिलान्यास आज हुने


काठमाण्डौ कार्तिक ४ गते । रातो तारा डट कम,नागढुङ्गा सुरुङमार्गको आज शिलान्यास हुने भएको छ । सुरुङमार्ग निर्माण परियोजनाका अनुसार नागढुङ्गाको टोटेपाखामा आज दिउँसो साढे दुई बजे एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गर्नुहुनेछ । 

जापान सरकारको ऋण सहायतामा बन्न लागेको सुरुङमार्गका लागि गत असोज ६ गते नागढुङ्गा सुरुङमार्ग निर्माण परियोजना र जापानको ‘हाज्मा अन्डो कर्पोरेसन’ बीच ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार साढे तीन वर्षभित्र निर्माण सम्पन्न भइसक्नेछ ।

निर्माण कार्य सुरु हुन भने अझै दुई महिना लाग्ने नागढुङ्गा–नौबिसे सुरूङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले सीआईएनसँग  बताउनुभयो । १३ अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको सुरुङ मार्गको लम्बाइ दुई दशमलव ६७ किलोमिटर रहेको छ । 

४० वर्षभित्र तिर्नेगरी शून्य दशमलव शून्य एक प्रतिशत ब्याजदरमा जापानले ऋण सहायता नेपाललाई उपलब्ध गराएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.