Websoft University

६ जना जुवाडे पक्राउ परे


श्याम राई गाइघाट  कार्तिक ४ गते । रातो तारा डट कम, त्रियुगा नगरपालिका ८ बाट आइतबार राती ६ जना जुवाडे पक्राउ परेका छन् ।

स्थानिय विकास कार्कीको घरमा तास खेलीरहेको  अवस्थामा प्रहरीले ६० वर्षिय कृष्ण बहादुर बस्नेत, जयराम चौधरी, हिमाल खड्का,दिपक खत्री, खुस बहादुर दनृुवार र विर्ख बहादुर कार्कीलाई पक्राउ गरीएको एसपी बीर बहादुर मगरले बताए ।

प्रहरीले दशै यता तास खेल्ने १४ जनालाई पक्राउ गरी मुद्धा चलाएको छ । दशै तिहार भित्रिएसँगै उदयपुरको शहरी र ग्रामिण क्षेत्रमा व्यापक मात्रामा तास जुवा खेल्ने  गरीन्छ ।

 प्रहरीले तास जुवाले समाजमा विकृती बढाउने भन्दै नियन्त्रण मा कडाई गरेको जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.