Websoft University

रोल्पामा हाप्कीडोको राष्ट्रिय प्रतियोगिता



काठमाण्डौ कार्तिक २ गते । रातो तारा डट कम,शहिद स्मृती मार्सल आर्ट्स हाप्कीडो प्रथम राष्ट्रिय प्रतियोगिता शुक्रबार सुरु भयो । प्रतियोगिताको प्रमुख अतिथी पाच नम्बर प्रदेश सरकारका सामाजीक विकास मन्त्री शुर्दशन बरालले उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री बरालले खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको वताए । सोही कार्यक्रममा बोल्दै प्रेदश सभा सदस्य दिपेन्द्र पुन सिजलले यो प्रतियोगिताले परिवर्तन गाउँपालिकाको महत्वलाई बढाएको तथा देश भरी यसलाई परिचित गराउन सहयोग गरेको वताए ।

सोही अबसरमा बोल्दै परिवर्तन गाउँ पालिकाका अध्यक्ष निमकान्त डागीँले रोल्पाको सांस्कृतीक विशेषतालाई प्रचार प्रसार गर्न र यसको बारेमा जानकारी गराउन सबैमा आहन गरे । उनले प्रतियोगिताका कारण गाउँ पालिका देशभरी परिचित रहेको विचार व्यक्त गरे । सोही कार्यक्रममा बोल्दै नेपाल मार्सल आर्ट्स हाप्कीडो संघका अध्यक्ष काली बहादुर घर्ती मगरले “गाउँ गाउँमा खेल, एकता र मेल” को नारालाई सार्थक तुल्याउन प्रत्येक गाउँमा खेलकुदको वातावरण तयार हुन आबस्यक रहेको उल्लेख गर्दै रोल्पाको गाउँमा राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको वताए । 

रोल्पा जिल्ला मार्सल आर्ट्स हाप्कीडो संघको आयोजना तथा नेपाल मार्सल आर्ट्स हाप्कीडो संघको सहयोगमा सञ्चालीत प्रतियोगिताको मुख्य प्रायोजक परिवर्तन गाउँ पालिका रहेको छ । सात प्रदेश र आयोजक गरी आठ टोलीका २ सय हाराहारीको खेलाडीको सहयोगिता रहेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.