Websoft University

बिगौति दुध विक्रि नहुँदा, किसान निरास हुदै,


काठमाण्डौ कार्तिक ७ गते । रातो ताराडट कम,गाई भैंसीको बिगौति दुधको बिक्रि नहुँदा किसानले दैनिक डेढ करोड भन्दा बढि नोक्सानी व्यहोरी रहेका छन् । गाई वा भैँसी सुत्केरी भएको १३ दिनसम्मको दूध बजारमा विक्री हुँदैन । पशुपंक्षी विकास मन्त्रालयको तथ्यांक अनुसार नेपालमा गाईको संख्या ७३ लाख २८ हजार र भैँसीको संख्या ५१ लाख ६८ हजार ८ सय ९ छ । 

गाईभैँसी प्राय सुत्केरी हुने सिजन असार देखि असोजसम्म दैनिक सरदर २० हजार १ सय ६१ गाईभैंसी सुत्केरी हुने देखिन्छ । एउटा पशुको दैनिक दूध उत्पादन १० लिटरको हिसाबले दैनिक २० लाख ७० हजार लिटर दूध उत्पादन हुन्छ । एक लिटर दूधको मुल्य ७० राखेर हिसाब गर्ने हो भने दैनिक १ करोड ६० लाखको बिगौती दूधले बजार नपाएको देखिएकोछ ।

एउटा वा दुईवटा गाई भैंसी पाल्ने किसानले बिगौति दुध आफैंले खाने वा छरछिमेकीलाई बाँड्ने गरेका छन् । तर व्यवसायिक रुपमा गाई भैंसी पाल्ने किसानले बिगौति दुध दुहेर फाल्नु पर्ने बाध्यता छ । कुश्मा नगरपालिका पर्वतका किसान हेमनाथ शर्माले बिगौती दूध सके जति आफैंले खाने र नसके मलखाँदमा फाल्नु पर्ने बाध्यता रहेको बताउनुभयो । 

डेरी उद्योगले पनि अरु दूध फाट्ने भएकाले सुत्केरी भएको १३ दिनसम्मको दुध किसानबाट खरिद गर्दैनन् । सामान्य दूधको दही, मही, घिउ, पनिर, वटर, क्रिम लगायतका सयौँ परिकार बन्छ । तर बिगौती दूध किसानले बाँडेर वा मलखादमा फालेर चित्त बुझाउनुपरेको छ । बिगौती दूध नियमित उपलब्ध नहुने र बजारीकरण गर्ने गरि धेरै परिमाणमा उपलब्ध नहुने भएकाले अमूल्य पोष्टिक तत्व भएर पनि बजार नपाएको पशुविज्ञहरुले बताउने गरेका छन् । 







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.