Websoft University

५० भन्दा बढि काउन्टरबाट यात्रुहरुले दशैंमा घर जान १२ लाख थान बसको टिकट काटे टिकट


काठमाण्डौ असोज १० गते । रातो तारा डट कम,दशैंमा राजधानी बाहिरिने झन्डै १२ लाख यात्रुले टिकट काटेका छन् । असोज ५ गतेदेखि सुरु भएको अग्रीम टिकट बुकिङमा हालसम्म करिब १२ लाख यात्रुले टिकट लिएका यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । महासंघका उप महासचिव बसन्त भण्डारीका अनुसार काठमाडौंको नयाँ बसपार्क लगायतका ठाउँका ५० भन्दा बढि काउन्टरबाट यात्रुहरुले टिकट काटिरहेका छन् । चाप कम भएका रुटका गाडीलाई प्रयोग गरेर भएपनि सबै यात्रुलाई गन्तव्यमा पुग्न सहयोग गर्ने भण्डारीले बताउनुभयो । सरकारले असोज १२ गतेदेखि एकहप्ताका लागि सार्वजनिक सवारीका साधनले रुट परमिट लिन नपर्ने व्यवस्था गरेको छ ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.