Websoft University

आज रेबिज विरुद्धको दिवस


काठमाण्डौ असोज ११ गते । रातो तारा डट कम,आज विश्व रेबिज विरुद्धको दिवस । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइंदैछ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सेप्टेम्बर २८ तारिखका दिन संसारभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । प्रमुख स्वास्थ्य समस्याका रुपमा रेबिज रोगलाई लिदै विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा रेबिज अन्त्य गर्ने लक्ष्य राखेको छ । विश्वमा हरेक १५ मिनेटमा रेबिजका कारण १ जनाको मृत्यु हुने गरेको तथ्यांक छ । 

नेपालमा भने यकिन तथ्यांक नभएपनि हरेक वर्ष रेबिजका कारण झण्डै ९ सय मानिसको मृत्यु हुने गरेको चिकित्सकको भनाइ छ । रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । संक्रमित जनावरको टोकाईबाट यो रोग सर्छ । रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस सर्ने गर्छ । कुकुर, स्याल, चमेरो, बिरालो लगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने चिकित्सकहरु बताउँछन् ।  

रेबिज लागेमा ज्वरो आउने, शरीर झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने लक्षणहरु देखापर्छ । पानीदेखि डराउने रेबिजको मुख्य लक्षण हो । रेबिज विरुद्धको सुई सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.