Websoft University

संचालकहरुले आफ्नो पारिश्रमिक बृद्धिको प्रस्ताव साधारणसभा ल्याए पछि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सदस्यले बिरोध गरे ?



काठमाण्डौ असोज ११ गते । रातो तारा डट कम,सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शुक्रबार आफ्नो १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । डिल्लीबजारको अमृतभोग पार्टी प्यालेसमा भएको साधारणसभामा शेयरधनीहरुले सुरुवातदेखि नै बोल्ने क्रममा संचालक समितिबाट प्रस्तावित प्रस्तावहरु माथि असुन्तुष्टि राख्दै आएका थिए । मूलत एनआइसी एशियासँग साधारणसभा जुधाएको,संस्थापक र सर्वसाधारणलाई लाभांश वितरणमा भेदभाव गरेको र संचालकहरुले भारी मात्रमा आफ्नो पारिश्रमिक बृद्धि प्रस्ताव गरेकोमा आक्रोस पोखेका थिए । 

प्रस्तावहरु पारित गर्नेक्रममा अरु प्रस्तावहरु सजिलै पारित भएतापनि साधारणसभामा संचालक समितिले प्रस्ताव गरेको  संचालकको पारिश्रमिक, भत्ता र सुविधाको प्रस्ताव  उठ्नासाथ विरोध सुरु भएको थियो । प्रस्तावहरु पारित गर्नेक्रममा जब संचालक समितिका अध्यक्ष डा शंकर प्रसाद शर्माले विशेष प्रस्तावहरु अन्तरगतको बुद्धा नं ३ को  ९ख–१० प्रस्ताव पारितको लागि प्रस्ताव गरेसँगै सभाहलमा उपस्थित ठूलो संख्यामा शेयरधनीले होहाल्ला गर्दै यो प्रस्ताव आजको सभाले पारित हुन नसक्ने भन्दै आफ्नो कुर्सीबाट उठ्न थाले ।

यसै क्रममा कार्यकारी अध्यक्षले अरु बैंकको तुलनामा सिटिजन्स बैंकको संचालकहरुको पारिश्रमिक  र सुविधा निकै कम रहेको र यो प्रस्तावित सुविधाहरु आफूलाई नभएर आउने नयाँ संचालक समितिको लागि भएको र यस प्रस्तावलाई पारित गर्न शेयरधनीहरुलाई आग्रह गरे ।तर, सभामा उपस्थित शेयरधनीले त्यो प्रस्तावलाई मानेन् । 

त्यसपछि अध्यक्ष शर्माले संचालक समितिको  पारिश्रमिक भत्ता र सुविधा १ वर्षपछि स्वत स् प्रस्तावित अनुसार नै हुने प्रस्ताव सभामा गरेपछि फेरी एकपटक शेयरधनीले जोडदाररुपमा विरोध गरे । अन्तत स् अध्यक्ष गले र प्रस्ताव पारित हुन सकेन । त्यसको लागि अध्यक्षले सभालाई धन्यवाद दिए, र सभाहलमा ठूलो ताली बज्यो ।

प्रस्तावित संचालकहरुको पारिश्रमिक भत्ता र सुविधामा संचालक समिति तथा उप समितिको बैठकमा उपस्थित भए वापत अध्यक्षले साबिकको व्यवस्थामा १३ हजार  र संचालक सदस्यहरुले पाउने ११ हजार भत्ता रहेको र साधारणसभाबाट उक्त सुविधालाई ६० प्रतिशत बृद्धि गर्दै अध्यक्षले बैठक भत्ता २० हजार र अरु संचालकहरुले १८ हजार प्रतिबैठकले पुर्याउने प्रस्ताव गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.