Websoft University

सुन्दरहरैचा-६ मा प्रथम नगर अन्तर वडा स्तरीय भलिबल प्रतियोगिता सुरु


शिव भट्टराई,मोरङ। रातो तारा डट कम, मोरङ्गको सुन्दरहरैचा नगरपालिका वार्ड नं छ स्थित ज्योति टोल विकास संस्थाद्वारा आयोजित तथा खेलकुद समिति वार्ड नं ६ को संयोजकत्वमा  बडादशैं २०७६ सालको उपलक्ष्मा प्रथम नगर अन्तर वडा स्तरीय भलिबल प्रतियोगिताकाे उद्घाटन भएको छ।

उक्त प्रतियोगिताको उद्घाटन खेल सुन्दरहरैचा नगरपालिकाकी उपमेयर तथा कार्यक्रम कि प्रमुख अतिथि धना तामाङले गर्नु भएको  थियो।

शुक्रबार भएको वार्ड नं ६ र वार्ड नं ८ बिचको खेलमा वार्ड नं ६ को टीम विजयी भएको थियो।  उक्त प्रतियोगिताको फाइनल खेलमा प्रथम हुने खेलाडीलाई रु.३५५५५ द्वितीयलाई रु.२०५५५ तृतियलाई  रु.१०५५५ गरी खेल भरिका अनुशासित टीम लगायत उत्कृष्ठ खेलाडीहरूलाई नगद,ट्रफी,मेडल साथै प्रमाण पत्र सहित वितरण गरिने  आयोजकले बताएको छ।

असोज १० गते शुक्रबार सुुरु भएको खेल असोज १६ गते विहिबार सम्म संचालन रहने सुन्दरहरैचा ६ खेलकुद समितिका संयोजक जितमान गुरुङले  बताएका छन्।

कार्यक्रम  ज्योति टोल विकास संस्थाका अध्यक्ष ईश्वरी प्रसाद सिग्देलको सभापतित्वमा सम्पन्न भएको थियो भने गीता प्रसाद श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए।   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.