Websoft University

चीनमा जनगणतन्त्र स्थापनाको ७० वर्ष पुगेको अवसरमा बिभिन्न व्याक्तिहरु सम्मानित-औपचारिक रुपमा व्यापक सैन्य परेड पनि हुने


काठमाण्डौ । रातो तारा डट कम, चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमै उदाहरणीय कार्य गर्ने देशभित्रका र विदेशी लब्ध प्रतिष्ठित व्यक्तित्वलाई हिजो पदक एवं मानार्थ उपाधिले सम्मान गर्नुभएको छ । 

मानार्थ उपाधि प्राप्त गर्नेमा एक जना पूर्व फ्रान्सेली प्रधानमन्त्री समेत रहनुभएको छ । चीनमा कम्युनिष्ट शासन शुरु भएको ७० वर्ष पुगेको अवसरमा पदक एवं उपाधि प्रदान गरिएको हो । चीनको राजधानी बेइजिङमा भोलि मंगलबार औपचारिक रुपमा व्यापक सैन्य परेड पनि आयोजना हुनेछ । 

पदक वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सी चिनफिङले चिनियाँ जनताको समृद्धिका लागि पार्टीले गरेको अनवरत कार्यमा विभिन्न विशिष्ट व्यक्तिले अतुलनीय योगदान गरेको बताउनुभयो । पुरस्कृत हुनेमा क्यानाडाका इसाबेल क्रूक, फ्रान्सका पूर्व प्रधानमन्त्री जाँ–पियरे राफारिन रहनुभएको छ । 

यसैगरी विशिष्ट पदकबाट सम्मानित हुनेमा क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रो र थाइल्याण्डका राजकुमार माहा चक्री सिरिनधोन रहनुभएको छ । समारोहमा कूल ४२ जना पुरस्कृत भएका छन् । तर समारोहमा २९ जना मात्र सहभागी भएका थिए । उक्त समारोहमा पहिलो नोबेल पुरस्कार विजेता चिनियाँ वैज्ञानिक टु योयूका साथै आणविक भौतिकशास्त्री यु मिनलाई पनि सम्मान गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.