Websoft University

हचुवाको भरमा योजना बनाउदा र वितरण गर्दा परिणाम नदेखिएपछि आयोगका सदस्यहरुले प्रश्नन उठाएका छन


श्याम राई-उदयपुर,गाईघाट भदौ १२गते । रातो तारा डट कम,
योजनालाई स्थायित्व दिन प्रदेश नम्बर १ का योजना आयोगका दुई सदस्यले उदयपुर जिल्लामा माग भएका योजनाको अनुगमन गरेका छन् । 
हचुवाको भरमा योजना बनाउदा र वितरण गर्दा परिणाम नदेखिएपछि आयोका सदस्यहरुले ग्रामिणस्तरमा नै पुगि योजनाको माग, आबश्यकता, औचित्य, उपलब्धि र स्थायीत्वका सम्बन्धमा छलफल गरी सुझाब लिएका हुन् । 
 
ग्रामिण स्तरमा नै पुगि समस्याको पहिचान र समाधानका उपायको खोजी गर्दा प्रदेस सरकारले लिएको ‘सबै हिसावले पहिलो र राष्ट्रिय महाअभियान समृद्ध नेपाल र सुखि नेपालको लक्ष्यलाई साकार बनाउन सकिने योजना आयोगका सदस्य डा. पूर्ण लोप्सनले बताए । 
उनले आफूहरु कार्यान्वयन गर्ने निकाय नभए पनि सरकारको विकास निर्माणमा टेवा पुर्याउन र सफलता हासिल गर्न आफै ग्रामिण क्षेत्रमा आएका बताए । तल्लो स्तरबाट आएका सुझाब, सल्लाहलाई आयोगमा छलफल गरी योजना तर्जुमाको लागि प्रदेस सरकारलाई पठाईने आयोगका सदस्य मिना भण्डारीले बताईन् । 
उनले ‘जनताका विकास निर्माण सम्बन्धि आबश्यकता र समस्या धेरै रहेको , ति एकैपटक त सम्बोधन गर्न नसकिने भएकोले त्यसलाई गुरुयोजना बनाएर लक्ष्यकासाथ काम गर्ने गरी सरकारलाई सुझाब दिने बताइन् । टोलीले पहिलोपटक बेलका, त्रियुगा नगरपालिका उदयपुरगढी र रौतामाई गाउँपालिकाका जनप्रतिनिधिसँग सम्बाद गर्दै बुधबार स्थलगत अवलोकन गरेको छन् । 
बाँकी स्थानीय तहमा क्रमश अवलोकन गरिने सदस्य लोप्सनले बताए । टोलीले उदयपुरगढी गाउँपालिकाको वडानं ६ स्थित दनुवारबेसी तीनटाट्ने पहिरो र रौतामाई गाउँपालिका वडानं ७ स्थित छौड्याहा खोलाको बाढीले गरेको क्षतीको स्थलगत अनुगमन र त्यहाँको आबश्यकता र औचित्यताको आधार लिएको छ । 
गत असार ३० गते छौड्यिा खोला गुराँसे नजिक थुनिएको केहि समयपछि खुल्दा खोला बजार पस्नुका साथ एक बालकलाई बगाएको थियो भने खेतीयोग्य जमिन, घर, पशुचौपायमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । छौड्या खोलाले गरेको क्षतीको विस्तृत जानकारी गराउँदै विस्तृत विवरण सहितको प्रतिवेदन मुकुर्ची बजार संरक्षण समितिका अध्यक्ष विरेन्द्र मगरले टोलीलाई बुझाएका थिए । खोला नियन्त्रण नगर्ने र भत्किएको बाँध नबनाउने हो भने सामान्य बर्षासँगै आएको बाढिसमेत बजारमा क्षती पुग्न सक्ने  स्थानीयको भनाई छ ।
स्थलगत अवलोकन गरेपछि प्रतिवेदन बुझ्दै प्रदेश आयोजनाको टोलीले खोला नियन्त्रण बाँध र आवश्यक सहयोगको प्रदेश सरकारसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो । त्यसैगरी त्रियुगा र पुँवारे खोलाको दिर्घकालिन समाधानका लागिसमेत आयोगलाई ध्यानाकर्षण गराइएको थियो । 
त्यस्तै उदयपुरगढी गाउँपालिका– ६ तीन टाट्नेमा गत २८ गते अविरल वर्षापछि आएको पहिरोले ४ घर विस्थापित भएको र उक्त पहिरोले बैद्यनाथ खोला थुनिएर डुवान भएको गाउँ बस्तिको आयोगका टोलीले प्रत्यक्ष स्थलगत अनुगमन गरेका छन् । पहिरो झरेर थुनिएको खोला अझै पूर्ण खुलिनसकेकाले नेपालटार बजार खतरामा रहेको स्थानीयबासी गोपाल खत्रीले बताए । 
त्यसैगरी टोलीले पर्यटकिय तथा ऐतिहासिक स्थल पुरानो सदरमुकाम उदयपुरगढी र पञ्चावती मन्दिरको पनि स्थलगत अनुगमन गरेको छ । 
एतिहासिक धरोहरकोरुपमा रहेको गढीमा खानेपानीको समस्या र पर्यटकिय क्षेत्रका सवालमा गाउँपालिकाका अध्यक्ष मानबहादुर मगरले समस्या राखेका थिए । उनले पर्यटकिय क्षेत्रको विकास गरी पर्यटक भित्र्याउन सक्ने वातावरण बनाउन सके गाउँपालिकालाई समृद्ध बनाउन खासै समस्या नरहेको बताए । 
बाढी पहिरोले गरेको क्षती, उदयपुरगढीमा खानेपानीको समस्या, पर्यटकिय स्थलको संरक्षण र प्रवद्र्धनको बारेमा अध्यक्ष मगरले विस्तृत जानकारी गराउँदै मागपत्र टोलीलाई हस्तान्तरण गरेका थिए । 

बाढी पहिरोबाट पालिकामा ७ घर विस्थापित भएकाहरुको उचित ठाउँमा व्यवस्थापन गर्न र नेपाल सरकारले घुम्नै पर्ने सयवटा गन्तब्य मध्ये जिल्लाकोे ऐतिहासिक स्थल उदयपुरगढी परेकाले यसको विकासको लागि प्रदेश सरकारसँग सहयोगमा माग गरेको अध्यक्ष मगरले बताए । त्यसैगरी टोलीले सदरमुकाम गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालको निर्माणाधिन भवनकोसमेत अवलोकन गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.