Websoft University

सरकारले संविधान दिवस भव्यताका साथ मनाउने



काठमाण्डौ भाद्र १२ गते । रातो तारा डट कम,सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ, आफ्नो स्थानबाट योगदान दिन सबैलाई आग्रह गर्नुभएको छ । 

संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचार प्रसार उपसिमितिले सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा मन्त्री बास्कोटाले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको भन्दै सबैको अर्थपूर्ण सहभागिताको अपेक्षा आफुले गरेको बताउनुभयो । 

उहाँले संविधान दिवस अन्र्तगत गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ संस्था, निजी क्षेत्रका संघ संस्था लगायत सबै वर्ग र क्षेत्रको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।  त्यो दिन तास खेल्न, पिकनिक खान , वियर खानका निम्ति दिएको होइन । राष्ट्रिय दिवस नै मनाउन दिएको हो, मन्त्री बास्कोटाले भन्नुभयो । 

मन्त्री बास्कोटाले संविधान दिवसलाई कर्मकाण्डी भन्दा भिन्न रुपमा सबै वर्ग विशेषको सहभागिता हुने गरी हर्षाेल्लासपूर्ण रुपमा मनाउनका लागि सिर्जनात्मक कार्यक्रमहरुको नमुना सुझाउन पनि सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । 

संविधान दिवस मूल समारोह समिति अन्तर्गत सञ्चारमन्त्री बाँस्कोटाको संयोजकत्वमा गठित प्रचार प्रसार उपसिमितिले हिजो सञ्चार क्षेत्रसंग सम्बन्धित सबै सरोकारवालाहरुसंग छलफल गरेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.