Websoft University

सुन्दरहरैचा वार्ड नं.४ ले गर्यो पिता सम्मान कार्यक्रम


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,भाद्र कुशे औंसीको अवसर पारेर शुक्रबार मोरगंको जेष्ठ नागरिक समाज सुन्दरहरैचा वडा नम्बर- ४ मा जेष्ठ नागरिकलाई सम्मान कार्यक्रमको आयोजना गरेको छ । 

वडा क्षेत्रमा बसोबास गर्दै आएका जेष्ठ नागरिकहरुका लागि विशेष सम्मान गर्दै आएको सुन्दरहरैचा वडा नं- ४ कार्यलयको सहयोगमा बुबाको मुख हेर्ने दिनको अवसर पारेर सामुहिक रुपमा सम्मान कार्यक्रमको आयोजना गरेको हो । 

जनप्रतिनिधी निर्वाचित भएर आए देखि नै वडा नम्वर- ४ ले कुसे औंसीका दिन वडा क्षेत्रमा बसोवास गर्ने जेष्ठ पिता तथा  माताहरुलाई सम्मान गर्ने कार्यक्रम आयोजना गर्दे आएको छ । यही सन्दर्भमा कुशे औंसीको अवसर पारेर वडा कार्यालयले जेष्ठ नागरिक समाज चौतारि सँग समन्वय गरी वडामा रहेका जेष्ठ नागरिक पिताहरुलाई सामुहिक रुपमा मुख हेर्ने कार्यक्रम गरेको छ ।

कार्यक्रममा सुन्दरहरैचा वडा नं – ४ का अध्यक्ष शैलेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता र जेष्ठ नागरिक समाज सुन्दरहरैचा वार्ड नं.४ का अध्यक्ष दुर्गा पोखरेलको सभापतित्व रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले जेष्ठ माता पितालाई हामीले सधैं माया र सद्भाव गर्नु पर्ने बताएका छन्।उनले जेष्ठ नागरिकलाई वृद्ध आश्रम नपठाई घर मै संरक्षण गरेर राख्नु पर्ने बताएका हुन्।त्यसैगरी विशिष्ठ अतिथि सुन्दरहरैचा जेष्ठ नागरिक समाजका अध्यक्ष राम कार्की , भोलेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भोला भट्टराई लगायत अन्य अतिथिहरुले  सुन्दरहरैचामा वृद्धा आश्रम हैन असहाय अनाथ जेष्ठ नागरिकहरुका लागि सेवा केन्द्र स्थापना गरेर सिंगो सुन्दरहरैचालाई आर्दश समाज निर्माण गर्न सुन्दरहरैचा जेष्ठ नागरिक समाज लागि परेको बताएका छन्।

पिता सम्मान कार्यक्रममा वडाका जेष्ठ नागरिक पिताहरुलाई, ढाका टोपि, फलफुल र यातायत खर्च सहित सम्मान गरिएको हो । कार्यक्रममा ४५ भन्दा बढि पिताहरुलाई सम्मान गरिएको छ भने कार्यक्रम उमेश कुमार चौलागाईले सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.