Websoft University

सुन्दरहरैचाको वृन्दावन गौशालामा स्नान घाट साथै आरती स्थलको उद्घाटन


शिव भट्टराई, मोरङ भाद्र ७ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिका-५  स्थित राधेश्याम सेवा ट्रस्ट नयाँ वृन्दावन गौशालामा स्नान घाट साथै गंगा आरतीको उद्घाटन भएको छ।

श्री कृष्ण जन्मष्टमी एवम् रथयात्रा महोत्सवको अवसरमा सुन्दर हरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालद्वारा स्नान घाटकाे समुद्घाटन सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै मेयर शिव ढकालले गौशला क्षेत्रको विकास हुँदा वार्ड नं.५ को मात्रै हैन सुन्दरहरैचा नगरपालिका का जनता कै विकास हुने वताएका छन्।उनले गौशलाको विकासमा नगरपालिका सधैं हातेमालो गरेर अगाडि बढ्न तयार रहेको वताए।

राधेश्याम सेवा ट्रस्टका संरक्षक दिनवन्धु शास्त्रीले पहिलो पटक सुुरु गरिएको गंगा आरतीलाई हरेक वर्ष निरन्तरता दिने साथै यस ठाउँलाई धार्मिक केन्द्र सँगै पर्यटकिय केन्द्रका रूपमा समेत विकास गरिने योजना रहेको बताएका थिए भने कार्यक्रममा  वार्ड नं.५ का वार्ड अध्यक्ष राम रिजाल लगायत विशिष्ट व्यक्तिहरूको  उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.