Websoft University

सबै धर्म संस्कृतिलाई समान व्यवहार गर्नुपर्ने:- मेयर ढकाल


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं-६ मा शर्वदलिय महिला सुन्दरहरैचा वार्ड नं ६ द्वारा आयोजित  हरितालिका तीज तथा जितीया पर्व बिशेष कार्यक्रम सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको सो कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने हरितालिका तीज तथा जितीया पर्व सुन्दरहरैचा ६ सर्वदलीय महिला अध्यक्ष निर्मला पोखरेलको सभापतित्व रहेको थियो।

कार्यक्रममा बोल्दै मेयर ढकालले सबै धर्म संस्कृतिलाई सम्मान व्यवहार गर्दै   एकताको भावना लिई अगाडि बढ्न आग्रह गरेका थिए।उनले शिप मुलक तालिमका क्षेत्रमा ,आय आर्जनका क्षेत्रमा , एकल महिला त्यस्तै अन्य महिला दिदीबहिनीको क्षेत्रमा यो वर्ष नगरपालिकाले धेरै बजेट विनियोजन गरिएको बताए।त्यसैगरी सोही अवसरमा विशिष्ट अतिथि धना तामाङ , सुन्दरहरैचा वार्ड नं.६ का वार्ड अध्यक्ष जीवन राई ,अतिथि आदिवासी जनजाति महासंघ सुन्दरहरैचाका अध्यक्ष सुमन याक्खा, सुन्दरहरैचा नगरपालिका माइती नेपालकी अध्यक्ष नारायणी भण्डारी लगायत अन्य अतिथिहरुले शुभकामना दिएका थिए।

कार्यक्रममा विभिन्न जातजातिका महिला दिदीबहिनीहरुले नाचगान गर्दै भव्य रूपमा कार्यक्रमको समापन गरेका थिए।साना किसान कृषि सहकारी संस्था सुन्दरपुरको सभाहलमा सम्पन्न भएको सो कार्यक्रम सुन्दरहरैचा वार्ड नं.६ की वार्ड सदस्य प्रमिला बि.कले सञ्चालन गरेकी थिइन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.