Websoft University

नेपाल प्रथम भएको अर्किड कलेजका निश्चल गुरागाईलाई कलेजले सम्मान गर्यो



विराटनगर भाद्र १३ गते । रातो तसरा डट कम, नेपाल प्रथम भएको अर्किड कलेजका निश्चल गुरागाईलाई  कलेजले सम्मान गरेको छ ।

आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरि कलेजले गुरागाईलाई नगद १ लाखसहित ताम्रपत्रले सम्मान गरेको हो । गुरागाईलाई आन्तरिक तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सम्मान गरे । भर्खरै राष्ट्रिय परिक्षा बोर्डले प्रकाशित गरेको कक्षा–१२ को विज्ञान संकायमा ३ दशमलव ९२ जिपिए ल्याई गुरागाई नेपाल प्रथम भएका थिए ।

सम्मान कार्यक्रममा बोल्र्दै मन्त्री कार्कीले संस्थाग विद्यालय बन्द हुने हल्ला मात्र भएको बताउँदै संस्थागत र सरकारी विद्यालयविच प्रतिस्पर्धा गराउँने बताए ।
मन्त्री कार्काीले संस्थागत र सरकारी विद्यालयविच भएको विवेद्ध अन्त्य गरि उनीहरुविच सहजिकरण गर्ने बताए ।

कार्यक्रममा विराटनगर महानगरपालीकाका शिक्षा महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडा, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान मोरङका पूर्व अध्यक्ष बलराम पन्त, निहारिका कलेजका अध्यक्ष रुपेश खतिवडा, अर्किड कलेजका प्रिन्सिपल दिपेश बास्तोला, अर्किड कलेज व्यवस्थाप समितिका अध्यक्ष अमित ढकाल र सम्मानीत हुने निश्चल गुराईलगायतले बोलेका थिए ।
सोहि अवसरमा कलेजले लिएको आन्तरीक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाईसमेत सम्मान गरिएको थियो ।

कार्यक्रममा सगरमाथा टिन्स क्लव अर्किडका विद्यार्थीलाई मन्त्री कार्कीले व्याच समेत हस्तान्तर गरे । कार्यक्रममा कलेजमा अध्ययनर विद्यार्थीले उपस्थीत प्रमुख अतिथि, अथिति तथा अभिभावकलाई गित तथा नृत्य गरि भरपूर्ण मनोरञ्जन प्रदान गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.