Websoft University

छानविन समितीको प्रतिवेदन सार्वजनिक भएन


गोपाल काफ्ले -मोरङ साउन ७  गते । रातो तारा डट कम पथरी र पथरीशनिश्चरे नगरपालिकाका आर्किटेक इन्जिनियर अरुण क्षेत्री घिमिरेलाई लागेको आरोप प्रति सत्यतथ्य छानविन समिती गठन भएको ७ महिना बित्दापनि छानविन समितिको प्रतिबेदन सार्वजनिक भएको छैन ।

आर्किटेक इन्जिनियर क्षेत्री बिरुद्ध २०७५ मंसिर २५ गते सेवाग्राहिले काममा ढिलाई, सेवाग्राहीको घरनक्सा पासको धरैती फिर्ता गर्न आलटाल र विभिन्न  कन्सल्टेन्सी मार्फतको काममा ठिलासुस्ती गरेको भन्दै पत्रकार संमेलन गरेका थिए । इन्जिनियर क्षेत्रिले कार्यलयमा आफ्नो कर्मचारी राख्दै सेवाग्राही र कन्सल्टेन्सीलाई दुख दिएको भन्दै छानबिन गरि कारवाहिगरि पाउँ भनि हस्ताक्षर सहित नगर प्रमुखलाई उजुरी नै गरेका थिए ।

बिबादित बनेका क्षेत्रिको विषयमा नगरले तत्कालै छानविन समिती बनाई एक हप्तामा प्रतिबेदन पेस गर्ने निदेशन गरेको थियो । नगर प्रबक्ता तथा वडा नं. २ का वडाध्यक्ष यम प्रसाद गुरगाई, १ का वडाध्यक्ष बाबुराम एङदेन, ४ का वडाध्यक्ष गोबिन्द भण्डारी र ८ का वडाध्यक्ष बाबुराम दाहाल सहितको समितीले समय नपुगेको भन्दै ३ पटक समय थप गरि माघ १७ गते  नगर प्रमुख दिलिप कुमार राईलाई प्रतिबेदन बुझाएको नगर प्रबक्ता याम प्रसाद गुरगाई बताए ।

समिती म्याद थप्दै बुझाएको प्रतिबेदन सार्वजनिक नगरी आर्किटेक इन्जिनियर अरुण क्षेत्री घिमिरेलाई नगरले जोगाउर्दै आएको छ । संचार माध्यममा पटक पटक क्षेत्रिको बिषयमा समचार आए पनि छानबिन समिती बनाउने अनि प्रतिबेदन थन्काएर नगरले जनताको आँखामा छारो हाल्न खोजेको ७ महिना सम्म नखोलिएको प्रतिबेदनले सार्वजनिक गर्छ ।

छानबिन समिती बने पनि आर्किटेक इन्जिनियर क्षेत्री प्रतिबेदन नबुझाए सम्म  नगरको काम गरि रहे । आर्किटेक इन्जिनियरको गतिविधिलाई छानविन हेर्ने हो भने इन्जिनियरको कार्यकक्षमा भएको सिसिटिभिको फुटेज, कुन घर कुन इन्जिनियरले नक्सा कोरेको, उनि नियुक्ती भए पछिका कुन कन्सल्टेन्सी द्धारा सिफारि भएको र हाल १ नम्वर वडामा निमाण भएका घरहरु मापदण्ड समत छ छैन भन्ने कुराले प्रस्ट दर्साउछ ।

नगरको आर्किटेक इन्जिनियर भएर इन्जिनियर क्षेत्रिले अफिस नै राखेर कन्सल्टेन्सी संचालन गरेका र त्यस पछि झोलामा काम गर्ने गरेको पत्रकार सम्मेलनमा आरोप लागेको थियो । जतिखेर इन्जिनियर क्षेत्रिले महिनाको ढेड लाख सम्म आर्जन गर्ने उनकै कन्सल्टेन्सीमा महिनावारी तलब खाएर काम गर्ने विजय धिमालले बताएका थिए । “ढिलो मात्र भएको हो, उति खेरपनि सेवा ग्राहीमा उतिकै समस्या आएको थियो” धिमाल बताउँछन् ।

क्षेत्रिको विषयमा प्रतिबेदन आएको र उक्त प्रतिबेदन अक्तीयारले माग गरे पछि अख्तियारलाई पठाएको हालका नगरपालिकाका प्रशासकीय अधिकृत अम्विकाप्रसाद धमलाले बताए । धमलाले भने अक्तीयारमा परे पछि अख्तियारले जे गछा नगरको निर्णनय त्यहि हुने बताए ।

उक्त समयका नगरपालिकाका प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले छानविन समितिले ल्याएको निर्णय नै अन्तिम हुने बताउर्दै आएका थिए । नगरको कर्मचारी गलत भए कार्यबाही गरिने छ । यदि कल्सेन्टेन्सीहरु गलत भए कालो सुचिमा राखिने उनले बताए ।

यता पिडित कन्सल्टेन्सीहरुले नगरपालिकामा प्रमुख दिलिप कुमार राई र न्यायिक समितीमा उप प्रमुख यमुना बिष्ट बास्तोलालाई समेत निबेदन दिएका थिए ।

सो विषयमा छानविन समितीले ल्याएको प्रतिबेदनले केहि नबोलेको र पत्रकार सम्मेलनमा बोल्ने पडित सेवाग्राहीलाई ल्याउन कन्सल्टेन्सीलाई भन्दा नआएकाले प्रतिबेदन सार्वजनिक गर्नुको औचित्य नरहेको नगर प्रमुख दिलिप कुमार राईले बताए । नगर प्रमुख राईले भने उक्त विषयमा अख्तियारको समेत चासो रहेको र प्रतिबेदन बुझेपछि अख्तियार मैन बसेकाले केहि निर्णनय अघि नबढेको बताए ।

क्षेत्रिको कार्यसैली बिरुद्ध नगरका सबै कर्मचारीले पेन डाउन समेत गरेका थिए ।  एल जि सि डी मार्फत पथरीशनिश्चरे नगरमा जागिर खाएका क्षेत्रिको कार्यअवधी सकिए पछि नगरले जागिर नथपे पछि जागिर छोड्नु परेको थियो ।

जनप्रतिनिधी आए पछि उनि पुर्ण जागिरमा आए तर उनको कार्यसैली ठिक नभएको भन्दै कल्सेन्टेन्सीहरुले प्रसासनीक कार्यकारी अधिकृत पुरुश्वतम घिमिरेले र प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमलाई दुई पटक नगरमा निबेदन दिइसकेका छन । तर नगर भने उक्त विषयमा आधिकारीक प्रमाणहरु नभएको भन्दै पन्छीने गरेको छ । जस्ले गर्दा आरोप लागेका क्षेत्रि दोसि हुन वा निर्दोश हुन सफाई भएको छैन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.