Websoft University

ओलाङचुङगोला बस्ती पहिरोको कारण जोखिममा पर्दै,



काठमाण्डौ साउन ११ गते । रातो तारा डट कम,ताप्लेजुङको पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेको ओलाङचुङगोला बस्ती निरन्तर झरिरहने पहिरोको कारण जोखिममा परेको छ । हिमाली गाउँ ओलाङचुङगोलामा पहिरोको जोखिम बढ्दै जाँदा स्थानीय चिन्तित बनेका छन् । तमोर नदीको कटान नरोकिँदा भविश्यमा बस्ती नै नरहने अवस्था सृजना हुन सक्ने भन्दै स्थानीय चिन्तित बनेका हुन् । हिउँदमा हिउँको चिसो जसोतसो काटेका गोलाबासी वर्खामा पहिरोको डरले निदाउन नसकेको बताउँछन् । 

ओलाङचुङगोला चीनको रिउ बजारसँग सडक सञ्जालले जोडिएको छ । नेपालतर्फबाट जोडिन २८ किलोमिटर बाँकी छ । विकट गाउँ विस्तारै सुगम बन्दै गएपनि पहिरोकै चिन्ता रहेको स्थानीय बताउँछन् । रोकथामका लागि वडाको बजेट अपर्याप्त रहेको र प्रदेश तथा संघीय सरकारलाई अनुरोध गरिएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिनुभयो । 

६१ वडा रहेको ताप्लेजुङमा ओलाङचुङगोला सहित ३१ वडा पहिरोको उच्च जोखिममा रहेको तथ्याङ्क जिल्ला विपद् व्यवस्थापन समितिले निकालेको छ । तर एकिकृत बस्ती व्यवस्थापन, जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने जस्ता प्रयास भने कतैबाट भएको छैन । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.