Websoft University

देशैभरी बाल पोषण अनुदान कार्यक्रम लागु गर्ने सरकारको तयारी


काठमाण्डौ साउन ११ गते । रातो तारा डट कम,सरकारले गरिबीको सुचकाङ्कमा रहेका जिल्लालाई लक्षित गर्दै बाल पोषण अनुदान कार्यक्रम देशैभरी सञ्चालन गर्ने तयारी गरेको छ । विपन्न, दलित समुदायका बालबालिकाहरुलाई लक्षित गर्दै सञ्चालन भैरहेको यो कार्यक्रम अबका दिनमा प्रदेश २ र पाँचका जिल्लाहरुमा सञ्चालन गर्ने सरकारको तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

अहिले जुुम्ला, हुुम्ला, मुुगु, कालिकोट, डोल्पा, अछाम, बझाङ्, बाजुरा तथा रौतहटमा यो कार्यक्रम चलिरहेको मन्त्रालयका वरिष्ठ स्वास्थ्य अधिकृत दिपक झाले जानकारी दिनुभयो । यो कार्यक्रम देशैभरी सञ्चालन गर्ने तयारी भएपनि यसको गृहकार्य भने भैरहेको उहाँको भनाई छ ।  

आफ्नो वडामा गएर बच्चाको जन्मदर्ता र खोप कार्ड देखाएपछि यो सुबिधा पाइन्छ । कार्यक्रम अन्तरगत बालबालिकालाई प्रतिव्यक्ति मासिक चारसय रुपैयाँ वितरण गर्ने गरिएको छ । बालबालिकालाइ अण्डा, फलफूल तथा सागसब्जी खुवाउन सजिलो होस् भनेर सरकारले यो कार्यक्रम ल्याएको हो । बालबालिकामा हुने कुपोषणको दर घटाउन यो कार्यक्रम ल्याएको सरकारको भनाई छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.