Websoft University

सुन्दरहरैचाको ठडियामा लगातारको पानीले बाटो बगाउँदा स्थानीयवासी समस्यामा


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,वर्षापछिको पानी एकै ठाउँबाट निकास हुँदा मोरङको सुन्दरहरैंचा– ७ मा रहेको एउटा कच्ची बाटो बाढीले बगाएकोले सुन्दरहरैचा-७ वासी निकै समस्यामा परेका छन्।

गोठगाउँबाट ठडिया आधारभूत स्कुल छेउमा जोडिने कच्ची बाटो मध्याली मार्गको कल्भर्टसँगै बाटो पनि बाढीले बगाउँदा आवागमन अवरुद्ध भएको स्थानीय नवीन रिजालले बताए । गोठगाउँ चोकभन्दा करीब ६ सय मिटर दक्षिणको सो स्थानमा तत्कालको लागि तारजाली लगाएर कटान रोक्न सके थप क्षति नहुने भनी स्थानीय सरकारलाई जानकारी गराइएको रिजालले बताए ।

पूर्वपश्चिम राजमार्गभन्दा दक्षिणतिरको पानीको निकास जाने ठाउँ धेरै नहुँदा र एकै स्थानबाट पानी निकास हुँदा कल्भर्टसहित बाटो बगेको स्थानीयले बताए । बाटोको अवस्थाको बारेमा जानकारी गराउँदा पनि वडा कार्यालय र नगरपालिकाले चासो नदिएको स्थानीय बताउँछन् ।

वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौला लगातारको अविरल वर्षाको पर्याप्त निकास नहुँदा समस्या आएको बताउँछन् । तत्कालको लागि पानी निकासका पैनी र कल्भर्ट सफाइ गरिने उनले बताए । वडा नम्बर ७ को गोठगाउँ चोकबाट ठडिया जाने पैनीको आजै सफाइ गरिने अध्यक्ष सिटौलाले बताए ।

सिटौलाका अनुसार गछिया खोलाको बाढीका कारण वडा नम्बर ७ मा ३० घर जोखिममा परेका छन् । ‘पूर्वाञ्चल विश्वविद्यालयको पश्चिमतर्फ खोला किनारमा रहेका ३० परिवार जोखिममा परेका छन्,’ वडाध्यक्ष सिटौलाले भने, ‘त्यहाँ बिहानैदेखि जेसिबी लगाएर तटबन्धको काम भइरहेको छ ।’

सिटौलाका अनुसार गछिया खोलाका कारण गछिया बजारमा पनि केही जोखिम बढेको छ । होचा र पानीको निकास नभएका धेरै ठाउँमा डुबानको समस्या देखिएको उनले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.