Websoft University

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०७६ आजबाट सुरु हुँदै


काठमाण्डौ असार १५ गते । रातो तारा डट कम,श्रम सम्बन्धको विस्तार गर्दै स्वदेशमै रोजगारीका अपार सम्भावना पहिल्याउन नेपालमा पहिलोपटक राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०७६ आज सुरु हुँदैछ । 

पाँच वर्ष्भित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको सरकारले नेपाली श्रम बजारमा रोजगारीको सम्भावना, रोजगारी र श्रमिकको माग तथा आपूर्तिको विश्लेषण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको हो । 
काठमाडौंमा आयोजना हुन लागेको सम्मेलन दुई दिनसम्म चल्ने छ । श्रम बजारको आवश्यकता र श्रम शक्तिको सीपको अवस्थाको विश्लेषण गरी समस्या समाधानका उपाय खोजी गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

सम्मेलन दुई प्रकारको ढाँचामा सञ्चालन गरिनेछ । सम्मेलनका क्रममा प्राविधिक सत्रमा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ । त्यसैगरी सम्मेलनको दौरान सीप तथा उद्यमको प्रदर्शनी गरिनेछ । विभिन्न समूहगत क्षेत्रमा आधारित रहेर विज्ञले तथ्य, तथ्याङ्क तथा प्रवृत्ति विश्लेषणसहितको कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपीशर्मा ओलीले एक कार्यक्रमकाबीच गर्नुहुनेछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.