Websoft University

फडानीमा महानगरका मेयर भीम पराजुलीले धान रोपेर धान दिवस मनाउदै, यो वर्षको रोपाइ सुरु गरे


विराटनगरअसार १५ आइतवार । रातो तारा डट कम,राष्ट्रिय धान दिवसको अवसरमा विराटनगर महानगरपालिकाले शनिवार रोपाई कार्यक्रम सम्पन्न गरेको छ ।  विराटनगर–१८ स्थित फडानीमा महानगरपालिकाका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी , वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, सन्जय कुमार साह, विराटनगर महानगर कृर्षि शाखा प्रमुख खगेश्वर तिम्सिना लगायतले धान रोपाईको शुभारम्भ गर्नु भएको थियो।

बाजागाजा गीत संगितका साथ रोपाई शुरु भएको थियो । महानगरको रोपाई कार्यक्रममा कृषकहरु समेत सहभागी भइ धान रोपाईमा सहभागी भएका थिए ।  विराटनगर महानगरका १८ र १९ नम्वर वडाका क्षेत्रहरुलाई कृषिको मुख्य आधार वनाएर विभिन्न योजनाहरु अघि सारिएको महानगर प्रमुख पराजुलीले वताउनुभयो दुवै वडामा ५ हजार हेक्टर वढि कृषि योग्य भुमि भएकाले त्यसलाई व्यवस्थित गरेर कृषि परियोजना संचालनमा ल्याउने महानगरपालिकाले तयारी शुरु गरेको उहाको भनाई थियो । 

महानगरपालिकाका उपप्रमुख कार्कीले महानगरभित्रका उव्जाउ जमिनलाई वाझै नराख्न र त्यस्ता जमिनमा केहि न केहि उत्पानदन मुलक कृषिवाली लगाउन आग्रह गर्नुभयो । प्रमुख प्रशासकिय अधिकृत अधिकारीले कृषकका आधारभुत आवश्यकता पुरागर्न महानगर प्रतिवद्ध रहेको वताउनुभयो । सो अवसरमा विराटनगर महानगरका किसानहरुले गुणस्तरिय विउविजन साथै मलखाद्य समयमा नपाउने र किटनासक औषधिको समेत अभाव रहेको गुनासो गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.