Websoft University

नेपाल पत्रकार महासंघले बसन्तपुर डबलीमा कार्यक्रम गर्यो


काठमाडौ असार ११ गते । रातो तारा डट कम,सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक र ल्याउने तयारी गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयक खारेजीको माग राखेर तेस्रो चरणको आन्दोलनमा रहेको नेपाल पत्रकार महासंघले आज बसन्तपुर डबलीमा चर्चित कार्टुनिष्ट र कविहरुबाट बृहत कार्टुन प्रदर्शनी तथा कवितावाचन कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका कार्यवाहक अध्यक्ष विपुल पोखरेलले नेपालको हालको प्रेस स्वतन्त्रताको अवस्था कविहरुको कविताबाट स्पष्ट भएको भन्दै फेरि पनि प्रेस स्वतन्त्रताको पक्षमा शसक्त ढंगबाट लाग्नुपर्ने बताउनु भयो । उहाँले कविता प्रस्तुत गर्दै कार्टुन कविता साहित्यको उच्चतम सृजना रहेको भन्दै महासंघले सृजनशिल ढंगले सरकारको ध्यानाकर्षण गराउन चाहेको बताउनुभयो ।

त्यस्तैगरि महासंघका महासचिव रमेश विष्टले प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक तथा अन्य प्रेस स्वतन्त्रता विरोधी विधेयकहरु फिर्ता नभएसम्म महासंघको आन्दोलन जारी रहने बताउनुभयो ।

कार्यक्रममा चर्चित कार्टुनिष्ट अविन श्रेष्ठले कार्टुनका माध्यमबाट आफुले सरकारका गलत क्रियाकलापका बारेमा खबरदारी गर्ने गरेको बताउनुभयो  ।
त्यसैगरी महासंघका सचिव प्रकाश थापाले पत्रकार तथा आम नागरिकले स्वतन्त्ररुपमा बोल्न पाउने अधिकार लगायतका संविधानमा सुनिश्चित गरेका मागहरु सुनेर पनि नसुने जस्तै गरिराखेको सरकारले महासंघलाई तेस्रो चरणको आन्दोलनसम्म आउन बाध्य बनाएको भन्दै अझै पनि सरकार कानमा तेल हालेर बसेझै गर्ने र प्रेसका मुद्धा नसुन्ने नै हो भने चौथो चरणको आन्दोलन साच्चीकै निर्णायक बनाउन महासंघ बाध्य हुने बताउनुभयो ।

कार्यक्रममा नेपाली लेखक संघका अध्यक्ष एवम् बरिष्ठ कवि श्रवण मुकारुङ, कविहरु विमला तुम्खेवा , कलानीधि दाहाल, मनोज न्यौपाने, सोझो गाँउले , नारायण सापकोटा , बालकृष्ण लम्साल लगायतका स्रस्टाहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कविता वाचन गर्नुभएको थियो । यस्तै कार्यक्रममा विभिन्न कार्टुनिष्टहरुका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा बनाइएका चर्चित कार्टुनहरु प्रदर्शन गरिएको थियो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.