Websoft University

बिराटनगर महानगरले झुन्डको निर्देशनमा गलत क्रियाकलाप लुकाउन अपारदर्शी ठंगबाट आज पत्रकारहरूलाइ दिएको पुरस्कारको महासंघ मोरङले घोर भत्सर्ना गरेकोछ


बिराटनगर असार १० गते । रातो तारा डट कम,विराटनगर महानगरपालिकाको मिति २०७६ असार १० गते सम्पन्न चौथो नगरसभाको क्रममा मोरङ, विराटनगरका ११ जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । 
१ नम्बर प्रदेशको राजधानी विराटनगरजस्तो ऐतिहासिक महत्वको शहरमा यदि कोही नागरिक वा पेशाकर्मी महानगरबाट सम्मानित तथा पुरस्कृत भइरहन्छ भने उसले के कति कारण आफु सम्मानित भएको जान्न पाउने अधिकार हुन्छ । अर्कोतर्फ पुरस्कार तथा सम्मान दिने निश्चित कार्यविधि पनि हुन्छ । 

के कति कारण र अवस्थाबाट आज हाम्रा केही पत्रकार साथी र केही गैरपत्रकार गरी ११ जना रातारात सम्मान तथा पुस्कारका हकदार भए ?

निर्णायक तहमा भएकै आधारमा आपूmखुशी गोजीको सम्पत्तिझैं निगाहा र बक्सिस दिएजस्तो पत्रकार खुशी पार्ने नाममा मिति २०७६ असार १० गते विराटनगर महानगरपालिकाको तर्फबाट दिइएको पुरस्कार एउटा भद्दा नाटक मात्र भएको हाम्रो ठहर छ । नेपाल पत्रकार महासंघजस्तो गौरवशाली संस्थाको तेजोवध गर्ने षडयन्त्रको रुपमा केही व्यक्ति वा झुण्डको इशारामा महानगरपालिकाबाट भएको यो अपारदर्शी कार्यको हामी घोर भत्सर्ना गर्दछौं ।

पत्रकारहरूको निर्णायक भूमिकाभन्दा बाहिरका पुरस्कार लिन बन्द गर्नेगरी आचारसंहिता निर्माण गर्नुपर्ने बहस आम पत्रकारबीच चलिरहेको बेला स्वयं पुरस्कृत व्यक्तिले पनि सम्मानको अनुभूति गर्न नसक्नेगरी प्रदान गरिएको यो पुरस्कारले थप बहसको अवस्था सिर्जना गरेको भन्दैै आपत्ति जनाउदै  प्रेस विज्ञप्ति जारीगरेकोछ ।







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.