Websoft University

असार १५ को पूर्वसन्ध्यामा लायन्स क्लबद्वारा रोपाईं कार्यक्रम सम्पन्न


मुना न्यौपाने-काठमाडौँअसार १५ गते । रातो तारा डट कम,लायन्स क्लब अफ काठमाडौँ इन्द्रावती र लायन्स क्लब अफ साहरा ग्रुपले संयुक्त रुपमा रोपाइँ जात्रा”को आयोजना गरेका छन् ।

असार १४ शनिवारका दिन भक्तपुर सिपाडोलमा सम्पन्न उक्त रोपाईं प्रमुख अतिथि प्रेस काउन्सिल नेपालकी लेखा अधिकृत सविता ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
प्रमुख अतिथि ढकालले नेपाल कृषि प्रदान देश भनिएता पनि बढ्दो शहरीकरणसँगै कृषियोग्य जमिन मासिसकेको अवस्थामा नयाँ पीढीलाई रोपाईं भन्नेबारे जानकारी छैन, त्यसैकारणले म यस रोपाईं कार्यक्रममा आ–आफ्ना बालबालिकाहरुलाई समेत रोपाईंको बारेमा जानकारी दिनको लागि सपरिवार सामेल भएको हुँ ।

लायन्स क्लबले यस्ता समय सान्र्दर्भिक कार्यक्रम आयोजना गरेकोमा म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु, भन्नुभयो । सो अवसरमा सामुहिक असार गीत समेत गाइएको थियो ।
उक्त कार्यक्रममा अतिथिहरुमा अधिवक्ता प्रकाश पराजुली, जात्रामा लायन्स क्लब काठमाडौँ इन्द्रावतीका अध्यक्ष प्रल्हाद बस्नेत, फस्ट भिसी मानबहादुर लामिछाने, लायन्स क्लब अफ सहारा ग्रुपका अध्यक्ष अस्मिता रिमाल र समाजसेवी आर्य रिमाल, सृष्टि खड्का  लगायतको सहभागिता रहेको थियो ।

सो कार्यक्रमको संयोजन लायन्स क्लब काठमाडौँ इन्द्रावतीका सचिव मदनकृष्ण सिलवालको संयोजनमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय व्यक्तित्वहरुको समेत उल्लेख्य रुपमा सहभागिता रहेको थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.