Websoft University

बुढो धानको बीउ जोगाईंदै



काठमाण्डौ जेष्ठ १४ गते । रातो तारा डट कम,पर्वतमा रैथाने धान बालीको संरक्षण गर्न थालिएको छ । जिल्लाको फलेवास नगरपालिका–१० कुर्घामा पकेट क्षेत्र बनाएर स्थानीय रैथाने जेठोबुढो जातको धान संरक्षणको अभियान शुरु भएको हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत कृषि ज्ञान केन्द्रले किसानहरुलाई जेठोबुढो धानको संरक्षण गर्न प्रेरित गरिरहेको छ । कार्यालयले किसानहरुलाई खेत जोत्ने १३ वटा हाते ट्रयाक्टर वितरण गरेको छ भने ५ क्विण्टल धानको बीउ उपलब्ध गराएको छ । त्यस्तै सिँचाईको सुविधा समेत पु¥याउन थालिएको छ । कुर्घाफाँटको ६० हेक्टर जमिन चक्लाबन्दि गरेर धानको पकेटक्षेत्र बनाईएको छ । स्थानीय २० परिवारलाई रैथाने जातको धान उत्पादन गर्न समूहमा आवद्ध गराईएको कृषि ज्ञान केन्द्रका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिनुभयो । जेठोबुढो धानको संरक्षण कार्यक्रमका लागि १० लाख रुपैयाँ बजेट समेत उपलब्ध गराईएको छ । किसान बुद्धिराम शर्माको अध्यक्षतामा पकेट सञ्चालक समिति गठन गरिएको छ । समूहमा कुर्घाका कृषकहरु आवद्ध भएका छन् । जेठोबुढो धान स्वादिलो, पोषिलो, वास्नादार र मसिनो दाना हुने धान हो । यो धान पछिल्लो समय लोप हुँदै गएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.