Websoft University

लाइन्स क्लब अफ टंकीसिनवारी ग्रीनसिटीद्वारा विद्यालयका वालबालिकाहरुलाई टाई , बेल्ट , जुत्ता र साउण्ड सिस्टम वितरण

शिव भट्टराई सुनसरी जेठ १७ गते । लाइन्स क्लब अफ टंकीसिनवारी ग्रिनसिटीले सुन्दरहरैचा वार्ड नं ४ र वार्ड नं ३ मा रहेको बिद्यालयमा अध्यनरत विपन्न वर्गका विद्यार्थी भाईबैनीहरुलाई  टाई , बेल्ट , जुत्ता र १ थान साउण्ड सिस्टम वितरण गरेको छ।वार्ड नं ४ मा भएको कार्यक्रममा वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठ , वार्ड नं ३ मा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो भने लाइन्स क्लब अफ टंकिसीनवारी ग्रीनसिटीका अध्यक्ष कन्चन नेउपानेको सभापतित्व रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेएष्ठले आफु जनप्रतिनिधि भएर यस्ता बिपन्न वर्गका बालबालिकाहरुलाई सहयोग गर्दै आइरहेको र यस संस्थाले गरेको कार्यलाई प्रोत्साहन गर्नुभएको थियो भने उहाँले आफ्नु नगरमा यस्ता संघ संस्थाहरु धेरै भएता पनि सहयोगी हातहरु निकै कम भएकोमा गुनासो पोख्नु भएको थियो।सोहि अवसरमा बोल्दै अध्यक्ष नेउपानेले आगामी दिनहरूमा पनि यस्ता कार्यको आयोजना गर्ने बताउनु भएको थियो।

उक्त कार्यक्रममा जनचेतना आधारभूत विद्यालय र जनता आधारभूत विद्यालयका विद्यार्थीहरुलाई वितरण गर्नका लागि सुप्रीम कृषि सहकारी संस्था बूढीगंगा-२ र राज कुमार वनले सामान उपलब्ध गराईदिनु भएको थियो भने दुवै विद्यालयका प्रधान्ध्यापक राम प्रसाद भट्टराई साथै कृष्ण प्रसाद निरौलाले सहयोगी हातहरु प्रति आभार व्यक्त गर्नु भएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.