Websoft University

प्रदेश स्तरिय खेलकुद प्रतियोगिता यही जेठ १५ गतेदेखि शुरु हुने




बिराटनगर जेठ १३ गते । रसतो तारा डट कम,प्रदेश स्तरिय खेलकुद प्रतियोगिता यही जेठ १५ गतेदेखि शुरु हुने भएको
छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरि मन्त्रालयको बार्षिक कार्यक्रम अनुसार यही १५ गते देखि प्रदेश स्तरिय खेलकुद प्रतियोगिता गर्न लागिएको हो ।

प्रतियोगितामा महिला कबड्डी, पुरुष कबड्डी, क्रिकेट, ब्याडमिन्टन, टेबुन टेनिस, तेक्वान्दो, एथलेटिक्स, कुस्ती, उसु, कराँते र डोरीतान गरी ११ प्रतियोगितामा प्रतिस्पर्धा हुने सामाजिक विकास मन्त्रालय युवा तथा खेलकुद महाशाखाका प्रमुख राजेन्द्र बुढाथोकीले जानकारी दिए ।

मन्त्रालयको कार्यतालिका अनुसार महिला कबड्डी खँदबारी, पुरुष कबड्डी झापाको काँकड्भिट्टा, क्रिकेट ईनरुवा, ब्याडमिन्टन सोलुखुम्बु, टेबुन टेनिस उदयपुरको गाईघाट, तेक्वान्दो झापा, एथलेटिक्स ईटहरी, कुस्ती विराटनगरको जतुवा, उसु ईलाममा, कराँते विराटनगर र डोरीतान बुढीगंगा गाउँपालिकामा गर्ने तयारी छ ।

 प्रतियोगिता अन्तरगतको महिला र पुरुष फुटवल तथा भलिवल प्रतियोगिता धनकुटा सदरमुकाम, धनकुटाको बुधवारे, तेह्रथुमको बसन्तपुर र मोरङको बेलवारीको लक्ष्मीमार्गमा सम्पन्न भईरहेको मन्त्रालयले जनाएको छ ।
प्रतियोगिताका लागि १ करोड ७९ लाख ८४ हजार ६ सय ५० रुपैयाँ लागत लाग्ने अनुमान मन्त्रालयले गरेको छ ।

मन्त्रालयको बजेट गाउँपालिकामा
मन्त्रालयले गरेको पत्रकार सम्मेलनको क्रममा मन्त्रालयले अहिलेसम्म खेलकुदमा गरेका कार्य प्रगतिको बारेमा जानकारी गराएको थियो । मन्त्रालयले खेलकुद प्रतियोगिता मार्फत खेल क्षेत्र र खेलाडीको विकासका लागि समेत कार्य गरिरहेको जनाएको छ ।

मन्त्रालयको समन्वय, सहकार्य र सहयोगको शिद्धान्त अनुसार प्रदेश खेलकुद विकासको लागि अगाडि बढ्न तयार भए अनुसार यसै बर्ष मुख्यमन्त्री कप फुटवल प्रतियोगिता र मुख्यमन्त्री कप प्रदेश लिगको तयारी समेत अन्तिम चरणमा रहेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । प्रदेश सरकारले १३ जिल्लामा जिल्ला स्तरको खेल मैदान निर्माण र ८८ गाउँपालिका, ३५ नगरपालिकामा खेल मैदान निर्माणको लागि बजेट निकासा भईरहेको मन्त्री घिमिरेले जानकारी दिए ।

मन्त्रालयले गाउँपालिका र नगरपालिकाका हरेक खेल मैदान निर्माणका लागि ८ लाखका दरले रकम निकासा गरेको छ भने जिल्ला सदरमुकाममा निर्माण हुने खेल मैदानको लागि प्रत्येक जिल्लाका लागि ५० लाखका दरले रकम निकासा गरेको जनाएको हो । मन्त्रालयले चालु आर्थिक बर्षमा राष्ट्रिय स्तरको क्रिकेट खेल मैदान निर्माणको लागि बिराटनगर १९ मा रहेको बैजनाथपुर खेल मैदानलाई ८५ लाख निकासा गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले राष्टिय स्तरको बहिरा क्रिकेट प्रतियोगिता समेत संचालन गर्ने भएको छ । यही जेठ १५ गतेदेखि बिराटनगरको सहिद मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । बहिरा क्रिकेट प्रतियोगिताको लागि २७ लाख ५४ हजार ६ सय रकम खर्च हुने अनुमान मन्त्रालयको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.