Websoft University

सडक बनेको डेढ दशक नवित्दै सिद्धिचरण लोकमार्गको झण्डै ९० प्रतिशत भाग अहिले जिर्ण बनिसक्यो


श्याम राई÷उदयपुर,कटारी बैशाख १५ गते । रातो तारा डट कम,सडक बनेको डेढ दशक नवित्दै सिद्धिचरण लोकमार्गको झण्डै ९० प्रतिशत भाग जिर्ण बनेको छ । वर्षेनी मर्मत संभार गरिदै आएको भएपनि सडकको अवस्थामा कुनै सुधार हुन नसक्दा वर्षेनी सरकारको ठूलो धनराशी खर्च हुदै आएको छ । सडक बनेको केही वर्षपछि नै बाढी, पहिरो र वर्षाले सडकलाई क्षति तुल्याएपछि उक्त सडक जोखिममा पर्दै आएको छ ।‘ सडकको विग्रदो अवस्थाको कारण वर्षेनी मानविय क्षति हुनेगरि दुर्घटना हुने गरेको छ ।

लोकमार्गको संवेदनसिल क्षेत्र मानिने कटारी–घुर्मि सडक खण्डको धेरै ठाउँमा सडक कामै नलाग्ने अवस्थामा भत्किएकोले सवारी आवगमनमा समस्या हुदै आएको छ । पाँच ठाउँ भन्दा बढी क्षेत्रमा पहिरो जाने, बर्षाले बाटो बगाई दिने गर्नाले यातायात सेवा पटकपटक अवरुद्ध हुदै आउने गरेको छ । गत वर्ष पछि वर्षातको समयमा उक्त सडक खण्डमा दुई साता सम्म यातायातसेवा पूर्ण रुपमा ठप्प भएको थियो ।

डिभिजन सडक कार्यालयले प्रभावकारी ढंगले सडक मर्मत संभार नगर्दा र क्षमता भन्दा बढी भार क्षमताको सवारी साधन चल्ने गरेको कारण सडक जिर्ण बनेको कटारीका समाजसेवी राम कुमार राईले बताए ।‘ मर्मत संभारको नाममा झारो टार्ने मात्र काम भैरहेको छ । गुणस्तर काम भएकै छैन ।’ राईलेभने । वर्षेनी एउटै ठाउँमा बाटो मर्मत संभारको नाममा ठूलो धनराशी खर्च हुने गरेपनि त्यसको सदुपयोग नहुदा सडक जिर्ण छ ।’ राईले भने ।

कटारी–घुर्मि सडकमा सामान्यतया १० टन भार क्षमताको सवारी साधन संचालन हुनु पर्नेमा त्यस भन्दा बढि क्षमताको भार बोकेर सवारी साधन चल्ने गरेको छ । सवारी साधनले क्षमता भन्दा बढी भार बोकेर गुडेकै कारण सडकको अवस्था दयनिय अवस्थामा पुगेको कटारी नगरपालीका ११ का भिम पुलामीले बताए । ‘३० टन भन्दा बढी नै भार बोकेर सवारी साधन चल्ने गरेको छ । उक्त सडक जिर्ण बन्दै जानुमा सवारी साधनको पनि प्रमुख भुमिका छ ।” उनले भने ।

ट्राफिक प्रहरीकै मिलेमतो बाट उक्त सडक खण्डमा बढी भार क्षमताको सवारी साधन निर्वाध रुपमा चल्ने गरेको उनको भनाई छ । कटारी– घुर्मी सडक खण्डको ४६ किलोमिटर सडक खण्डमा एकतर्फि यात्रा गर्न समेत कठिन छ । तर दोहोरो रुपमा सवारी साधन संचालन हुने उक्त सडक खण्डको अधिकांस भागमा सडक भत्किएको छ । नेपाली सेनाले निर्माण गरेको उक्त सडक खण्डमा ओटासील प्रविधिबाट पिच गरिएको केहि समयपछि नै ओटासील उप्किएर पुरै बाटो धुलाम्मे बनेको छ ।

माथिल्लो सगरमाथाको सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ्गको दक्षिण तर्फको क्षेत्रसंग तराई सम्म सिधा यातायात सेवा पुस्याउने उदेश्यले निर्माण गरिएको उक्त बाटो जिर्ण हुँदा स्थानियहरु लाई समस्या हुने गरेको छ । दुई, तिन बर्ष यता देखि अहिले सम्मे सडक मार्ग हुँदै सगरमाथा जाने पर्यटक देखिएकोछैन।’ हिमाली यातायात संघका मिलन राईले भन।‘ सडकको दुरावस्थाको कारण सगरमाथा जाने पर्यटकहरु सडक मार्ग हुँदै जान छाडेका छन् ।’ उनले भने ।

‘पहिला पहिला बाटोको अवस्था राम्रो हुँदा धेरै पर्यटक यहि बाटो हुँदै सोलुखुम्बु जाने गर्थे, तर अहिले यो बाटो हुँदै विदेशी पर्यटक हिड्न छाडेका छन् ।’ उनले भने । बाटोको दुराअवस्था र मानविय क्षति बढी हुने गरी धेरै पटक सडक दुर्घटनाको खवर सुनेर पर्यटकहरु यो बाटो हिड्नै छाडेको कटारी बजार स्थित होटलमा बास बसेर सोलुतर्फ जान्थे । तर मैले केही वर्षदेखि एकै जना पनि विदेसी पर्यटन देख्न पाएको छैन ।’ राईले भने ।

सिद्धिचरण राजमार्गलाई तराई–पहाडको विकासको मेरुढण्ड मान्ने गरेको स्थानीय बासिन्दाहरु सडकको स्तर उन्नती नहुदा समस्यामा परेको उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्काले बताए । पूरै जिर्ण बनेको बाटो पटकपटक प्रयास गर्दा पनि स्तर उन्नती हुन सकेकोछैन । उनले भने ।‘ बाटो सुधार नहुदा व्यापार, व्यावसाय पूरै चौपट भएको छ ।

सिद्धिचरण लोकमार्ग कटारी नगरको मेरुढण्ड भएको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठलेबताए । उनले अहिले बाटो जिर्ण हुदा समग्र व्यापार, व्यावसाय र विकास निर्माण अवरुद्ध बनेको बताए । उनले यस क्षेत्रको समग्र विकास निर्माणको गतिलाई अघि बढाउन सिद्धिचरण लोकमार्गको स्तर उन्नती चाँडो भन्दा चाँडो गरिनु पर्ने बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.