Websoft University

परीक्षालाई मर्यादित बनाउन बोर्डलाई मन्त्रालयको निर्देशन


काठमाण्डौ बैशाख १३ गते । रातो तारा डट कम,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यही वैशाख १५ गतेदेखि सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षालाई मर्यादित बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।

परीक्षा व्यवस्थापन सुधार कार्यदलको सुझावको आधारमा  २२ बुँदे निर्देशन दिइएको हो । मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । मन्त्रालयले दिएको निर्देशनमा परीक्षा सञ्चालन भइरहेको समयमा सकेसम्म धेरै समय अनलाइन माध्यमका साथै स्थलगत अनुगमनको व्यवस्था मिलाउने, प्रश्नपत्र भण्डारण रहेको स्थान पूर्ण सुरक्षित रहेको प्रत्याभूत गराउनेलगायतका छन् ।

सुरक्षा निकायसँग रहेको परीक्षासम्बन्धी सामग्री आधिकारीक व्यक्ति बाहेकलाई नदिने तथा परीक्षा सञ्चालनको क्रममा कुनै व्यक्तिले अमर्यादित काम गरेको पाइएमा तत्काल कानूनी कारवाहीका लागि सम्बन्धित निकायमा बुझाउन पनि निर्देशन दिइएको छ ।

गत चैतमा सञ्चालन भएको एसईई परीक्षामा प्रश्नपत्र वाहिरीएपछि प्रदेश दुईमा परीक्षा नै स्थगित गर्नुपरेका कारण मन्त्रालयले यसपटक कक्षा ११ र १२ को परीक्षा सञ्चालन हुनुअघि नै सचेतता अपनाएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.