Websoft University

नागरिकता वितरण नगर्न सर्वोच्चको आदेश


काठमाण्डौ बैशाख १४ गते । रातो तारा डट कम,सर्वोच्च अदालतले नागरिकता वितरण नगर्न फेरि अर्को अन्तरिम आदेश जारी गरेको छ । अंगीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्ने गृह मन्त्रालयको सकुर्लर अनुसार नागरिकता वितरण नगर्न नयाँ अन्तरिम आदेश जारी गरिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको पूर्ण इजलाशले २०५४ सालमा जितेन्द्रनारायण देवको नेतृत्वमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई नागरिकता वितरण नगर्न अन्तरिम आदेश दिएको थियो । तर एक साताअघि सर्वोच्चकै न्यायाधीश हरिकृष्ण कार्की र वमकुमार श्रेष्ठको संयुक्त इजलाशले भने गृहको सर्कुलर अनुसार नागरिकता वितरण नरोक्नु भनेको थियो । 

त्यही आदेशलाई टेकेर देशभरका जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण गरिरहेका छन् । तर,वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की समेतले दिएको अर्को रिटको सुनुवाई गर्दै सर्वोच्चले मुद्दाको किनारा नलागे सम्मका लागि अन्तरिम आदेश जारी गर्दै आफ्नै अघिल्लो आदेश निष्क्रिय पारेको हो । प्रधानन्यायाधीश राणा र न्यायाधीश भण्डारीले दिएको आदेशमा गृहमन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न नगराउन भनिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.