Websoft University

"दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी" विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न


शिव भट्टराई सुनसरी चैत १५ गते । रातो तारा डट कम,
मोरंङको खोर्सानेमा सहकारी समन्वय समिति सुन्दरहरैचा नगरपालिका मोरंगको आयोजनामा साथै सुन्दरहरैचा नगरपालिकाको सहयोगमा आयोजना भएको ६२ औं सहकारी दिवस २०७५ को पूर्वसन्ध्यामा "दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी" विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बिहीबार भएको अन्तरक्रिया कार्यक्रम सुन्दरहरैचा-१० खोर्साने स्थित हातेमालो साकोसको सभहलमा सम्पन्न भएको छ। कार्यक्रम सुन्दरहरैचा नगरपालिकाका मेयर शिव प्र. ढकालको प्रमुख आतिथ्यतामा साथै सहकारी समन्वय समिति सुन्दरहरैचाका संयोजक नरेन्द्र वस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकाल , विशेष अतिथि सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धना तामांग साथै जिल्ला सहकारी संघ लि मोरंगका अध्यक्ष डिल्ली प्रसाद पोख्रेलले सहकारीले कृषि उत्पादन बढाउन सकोस् र जनचेतनाको बृद्धि गरेर गरीबीलाई न्यूनीकरण गर्न सकोस् भन्ने कुरा बताउनु भएको थियो।

सहकारी समन्वय समितिका सचिव रबीन्द्र आचार्यद्वारा संचालन गरिएको उक्त कार्यक्रममा अतिथिज्युहरु साथै सुन्दरहरैचामा रहेका विभिन्न सहकारी अभियन्ताहरुको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.