Websoft University

महाकाली सन्धी अनुसार नेपालले ३५० क्यूसेक पानी पाउनुपर्ने

काठमाण्डौं फागुन १५ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली सन्धी अनुसार नेपालले पानी पाउनुपर्ने बताउनुभएको छ । पञ्चेश्वर बहुउद्धेश्यीय आयोजना कार्यान्वयनबारे जल तथा उर्जा आयोगको सचिवालयको विफ्रिङमा प्रधानमन्त्री ओलीले नेपाल–भारतस्तरीय छलफलमा देशको हितको पक्षमा खुलेर आफ्ना कुरा राख्न निर्देशन दिनुभएको हो । 

२३ बर्ष अघि भएको महाकाली सन्धीअनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनुपर्ने १० घनमिटर प्रति सेकेण्ड (३५० क्यूसेक) पानी हालसम्म नपाएको भन्दै उहाँले यस बिषयलाई गम्भिरताका साथ उठाउनुपर्ने बताउनुभयो ।

१९ माघ २०५२ मा भएको महाकाली सन्धीको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिंचाइका लागि भारतले १० घन मिटर प्रति सकेण्ड पानी उपलब्ध गराउनुपर्छ । तर, भारतले अहिलेस्म्म यो सम्झौता कार्यान्वयन गरेको छैन ।

नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्यसको पुर्वसन्धयामा सो बिषयमा छलफल भएको हो ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.