Websoft University

चिकित्सक सङ्घले अव रिले अनशन सुरु गर्ने


काठमाण्डौं,माघ १४ गते । रातो तारा डट कम,नेपाल चिकित्सक सङ्घले डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै भोलिदेखि रिले अनशन सुरु गर्ने भएको छ । आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भएको चिकित्सकहरूको भेलाले केसीको माग पूरा गरी जीवन रक्षाको माग गर्दै रिले अनशन सुरु गर्ने निर्णय गरेको हो ।

काठमाडौँ उपत्यकाका चिकित्सकहरूले त्रिवि शिक्षण अस्पतालमा नै रिले अनशन गर्ने चिकित्सक सङ्घका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकाबाहिरका चिकित्सकले आफू कार्यरत अस्पतालमा वा सङ्घको शाखा कार्यालयमा रिले अनशन बस्ने पनि उहाँले जानकारी दिनुभयो ।

यसअघि चिकित्सक सङ्घले सरकारलाई केसीको माग पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएको थियो । प्रतिनिधिसभाबाट पारित भएको चिकित्सा शिक्षा विधयेक भोलि राष्ट्रियसभा बैठकमा पेस हुने भएको छ ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई सभामा टेबुल गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका बीच प्रतिनिधिसभाबाट बहुमतले विधेयक पारित भएको थियो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.